देउवा, ओली र दाहालका ज्योतिषी एउटै?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन्। 

प्रत्यक्षदर्शीहरुका अनुसार, तीन प्रमुख दलका नेताहरुको भेट भएकै दिन रिजाल बालकोट दरबारमा प्रकट भएका थिए। ओलीले नयाँ वर्ष २०८० मा आफ्नो ग्रहदशाको फल परिणाम के कसो हुनेछ भनेर बुझ्न ज्योतिषी रिजाललाई बालकोट निम्त्याएका थिए। 

सर्बोच्च अदालतको परमादेशपछि सत्ताबाट जमीनमा ओर्लिएका ओलीका पिताले आफ्नो पुत्रले चाँडै नै सत्ताको नेतृत्व पाउने भविष्यवाणी गरेका थिए। 

आफ्नो ग्रहदशा थाहा पाउने क्रममा राजनीतिक प्रतिद्वन्दी देउवाको पनि गुह्य सूचनाको सुइँको पाईने भएकाले ओलीले उनै रिजाल रोजेको हुनसक्ने बताईन्छ।

अझ के पनि भनिएको छ भने उनै रिजाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका पनि विश्वासिला ज्योतिषी हुन्।

यता रिजाल निकट सूले भने तिनैजना नेताको चिना विवरण जानकारी राखेपनि उनले एकअर्काको व्यक्तिगत विवरण भने अरु कसैसँग चुहाउँदैनन्। एउटा चिकित्सकले बिरामीको व्यक्तिगत स्वास्थ्य विवरण विना अनुमति अरुसँग भन्न नभएजस्तै ज्योतिषीले पनि पेशागत धर्मको सुरक्षा गर्छन्।

रिजालले सात पटक प्रधानमन्त्री हुन्छौ भनेर घोषणा गरिदिएकाले सभापति देउवा सत्ताको चलखेल बढी सक्रिय हुनेगरेको बताईन्छ। (तस्बीर रिजालको फेसबूकबाट)

प्रतिक्रिया