कुन दाउको पर्खाईमा छन् खिरारे ?

सर्बोच्च अदालतको प्रधानन्यायाधीश पदमा बहाल रहेकै अवस्थामा मन्त्रीपरिषदको अध्यक्ष भएका खिलराज रेग्मीलाई न्यायिक घरआँगनमा ‘खिरारे’ भनिँदोरहेछ अर्थात् खिलराज रेग्मी ! यतिबेला सर्बोच्च न्यायालय चरम विवाद र प्रतिष्ठा नै स्खलित भएको अवस्थाबाट गुज्रिरहेको छ । तर चूपचाप छन् खिरारे !

अरु पूर्व प्रधानन्यायाधीहरुले वक्तव्यबाजी गरेर, सडक प्रदर्शन र अरनिको राजमार्गको माईतिघर मण्डलामा पलेँटी कसेर उत्पातै मच्चाईसक्दा पनि चालचुल गर्दैनन् खिरारे !

‘राजनीतिक संकट अझ बल्झिँदै जाओस्, संकटकालिन अवस्था पनि आओस् अनि संविधान सभाको निर्वाचन गराउन जस्तै जिम्मेवारी लिएर फेरिपनि प्रधानमन्त्रीको पद पड्काउन पाईयोस् भनेर धूपध्वाँर त गरेर बसिरहेका छैनन् ती खिरारे’ शक्तिकेन्द्रका बैठकहरुमा यस्तो कानेखुशी चल्न थालेको पाईन्छ । 
 

प्रतिक्रिया