मन्त्री पाउने लोभमा फसेका ठेकेदार

नेपाली कांग्रेस संसदको सबैभन्दा ठूलो दल बनेपछि अरुको सरकार बन्ने सम्भावना कसैले पनि देखेका थिएनन्। स्वाभाविकै थियो कि पाँच दलीय गठबन्धन जिवीतै थियो, नयाँ सरकार पनि गठबन्धनकै बनाउने सहमति भएकै थियो।

यसो हुँदा आफू मन्त्री बन्ने प्रवल सम्भावना देखेका थिए एकजना निर्माण व्यवसायी सांसदले। उनले बूढानिलकण्ठको सर्वशक्तिमान केन्द्रमा आफ्नो इरादा दर्ज गराएका थिए।

मन्त्री बनाईदिने आश्वासनसँगै उनले बूढानिलकण्ठ दरबारको मर्मतसम्भारको जिम्मेवारी पनि पाएका थिए। त्यो जिम्मेवारीलाई सहर्ष स्वीकार गरेका ती माननीय ठेकेदारले दरबार मर्मतमा आफ्ना मानिस खटाएर धमाधम काम गराईरहेका थिए।

अचानक कल्पनै नगरेको घटना भयो, प्रचण्ड बालकोट गए। सरकार अर्कैको हातमा गयो। सरकारमात्र गएन सरकार बनाउने अधिकार पनि उतै सर्यो। यो घटना भएपछि ती बिचरा माननीय परे फसादमा। अब न दरबारको मर्मत जारी राख्नु, न त अलपत्र छाडेर हिँड्नु। कस्तो फसाद!

उत्तरी पहाडी जिल्लाबाट निर्वाचित ती माननीय यतिबेला विलखवन्दमा परेको जानकार सूत्र सुनाउँछ।
 

प्रतिक्रिया