प्रचण्डलाई नियमित पशुपति दर्शनमा जान सुझाव

ज्योतिषी टिकाराम घिमिरेले जुराएको साईतमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारी निवास बालुवाटारमा सरे। बुधबार साँझ उनी बालुवाटारमा सरेका हुन्। सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रचण्डकी छोरी गंगा दाहाललाई साँचो हस्तान्तरण गरेका हुन्।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् भने उनले पहिलो पटक ज्योतिषीलाई साइत हेराएर बालुवाटार सरेका हुन्। उनले यसैपाली पहिलो पटक नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल पहिरिएका हुन्।  

भैंसी पूजा गरेको र राष्ट्रिय पोशाक नलाएकोमा प्रचण्डको आलोचना हुने गरेको थियो। 

नेपालको परम्परागत पक्षहरुप्रति झुकाव बढाउँदै आएका प्रचण्डलाई प्रत्येक सोमबार पशुपतिनाथको दर्शन गर्न पनि सुझाईएको बुझिएको छ। बहुसंख्यक वैदिक सनातन हिन्दू धर्म संस्कृतिमा विश्वास गर्ने जनता रहेको देशका प्रधानमन्त्रीले देश र देशवाहिर रहेका नेपालीको भावना बुझेर पनि नियमित पशुपति दर्शनमा जानु उपयुक्त हुने भनेर प्रचण्डलाई सल्लाह दिईएको बुझिएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीहरु औपचारिकतावस वर्षमा एकपल्ट शिवरात्रीका दिनमात्र पशुपतिनाथ जाने गरेका छन्।

 

प्रतिक्रिया