यो जुक्ती त काइदाको रहेछ 

 


काठमाडौं । बेसिन, भान्सा, टेबल, बाथरुम आदिमा फोहर या दाग लागेमा हामी महंगा रसायनबाट सफा गर्ने गर्छौं । बजारीया सफाइ रसायन महंगा पनि हुन्छन् । 


आउनुस् एउटा सस्तो, पूर्ण र प्रभावकारी तरिका अपनाउँ । 


सैलुनहरुले कपाल या मुखमा पानी छर्कने पम्पीङ बोतल प्रयोग गर्ने गरेको त देखेकै छौं । यस्तो बोतल बजारमा किन्न पाइन्छ । हो, यो बोतल किनेर ल्याउनुस् । 


अब बोतलमा आधा भाग पानी भर्नुस् । यसमा दुइवटा कागती निचोर्नुस र कागतीको बोक्रासहितको टुक्रा पनि त्यसमै मिसाउनुस् । आधा बोतल कागती पानीमा अब एक कप भेनिगर मिसाउनुस्. । 


बस, जहाँ जहाँ फोहर र दाग छ, त्याहाँ यो झोंल स्प्रे गर्नुस् र कपडाले पुछनुुस् । अघिसम्म घिनलाग्दो र फोहर देखिने सतह टिलिक्क टल्कीनेछ । 


अरे हजूर, घरमै यति काइदाको उपाय छ भने किन बजारका माल ल्याउने ? बरु, बजारका माल किन्दा जुन खर्च लाग्थ्यो, यो तरिका अपनाइसकेपछि बचेको त्यो पैसा खुत्रुकेमा राख्नुस् । स्वस्थ, मस्त र ब्यस्त रहनुस् । 
 

प्रतिक्रिया