भोटेकोशी बाढी अपडेट

मृतकको संख्या ७३४, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ। भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गेको हो। हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ।

विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको बताएको छ।

सुरक्षाकर्मीले रसुवाका ६७६, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन्भ। काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएर १६० जना घर फर्केका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।

प्रतिक्रिया