अण्डालाई सुपरफुड मानिन्छ। यसले प्रोटिन, स्वस्थ फ्याट र मस्तिष्कका लागि आवश्यक पर्ने थुप्रै पोषक तत्वहरू प्रदान गर्दछ। अमेरिकी अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनमा अण्डा खाँदा अल्जाइमर रोगको जोखिममा कमी आएको देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार हप्तामा एक निश्चित पटक अण्डा खाँदा अल्जाइमरको जोखिम सबैभन्दा कम हुन्छ, किनभने यसभित्र मस्तिष्कलाई स्वस्थ बनाउने पोषक तत्वहरू हुन्छन्।
डिमेन्सिया (बिर्सने रोग) का बिरामीमा स्मरणशक्ति, सोच्ने क्षमता र व्यवहारमा आउने ह्रास सामान्य होइन। यसको सबैभन्दा आम कारण अल्जाइमर रोग हो, जसले उमेर बढ्दै जाँदा मस्तिष्कको क्षमतालाई कमजोर बनाइदिन्छ। सबैभन्दा चिन्ताजनक कुरा त यो छ कि यस रोगको कुनै उपचार छैन। तर, अमेरिकाका केही अनुसन्धानकर्ताहरूले अण्डा र अल्जाइमर रोगबीच एउटा सकारात्मक सम्बन्ध देखेका छन्, जुन यस दिमागी रोगबाट बच्न महत्त्वपूर्ण साबित हुन सक्छ।
भारतमा करिब ८८ लाख वृद्धवृद्धामा बिर्सने रोग
नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनमा प्रकाशित अध्ययनले भारतमा डिमेन्सिया भएका वृद्धवृद्धाको संख्या करिब ८८ लाख रहेको देखाएको छ। यो तथ्याङ्क ६० वर्ष वा सोभन्दा बढी उमेरका बिरामीहरूसँग सम्बन्धित छ। एउटा सामान्य अनुमान अनुसार, डिमेन्सियाका कुल प्रकृतिका मामिलाहरूमध्ये ६० देखि ८० प्रतिशतको पछाडि अल्जाइमर नै जिम्मेवार हुन्छ।
डिमेन्सिया-अल्जाइमर र अण्डाको सम्बन्ध
अमेरिकाका अनुसन्धानकर्ताहरूले अल्जाइमर (डिमेन्सिया) रोगको जोखिम र खानपानका कारकहरू बीचको सम्बन्धबारे अध्ययन गरे। उनीहरूले मस्तिष्कको स्वास्थ्यलाई सघाउन अण्डा डाइट (खानपान) मा एउटा प्रमुख स्रोत भएको पत्ता लगाए। यसले मस्तिष्कको स्वास्थ्यका लागि महत्त्वपूर्ण पोषक तत्वहरू प्रदान गर्छ। उनीहरूका अनुसार निश्चित संख्यामा अण्डा खाँदा अल्जाइमरको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। यो अध्ययन साइन्स डाइरेक्टमा प्रकाशित छ।
अध्ययनमा के देखियो भने, जो मानिसहरू अण्डा कहिल्यै खाँदैनन् वा एकदमै कम खान्छन्, उनीहरूमा अल्जाइमरको जोखिम बढी हुन्छ। उनीहरूको तुलनामा हप्तामा एक पटक वा २ देखि ४ पटक अण्डा खानेहरूमा यो रोगको जोखिम कम हुन्छ। र, सबैभन्दा कम जोखिम हप्तामा ५ वा सोभन्दा बढी पटक अण्डा खानेहरूमा देखियो। यस्तो नतिजा अण्डालाई सन्तुलित भोजनसँगै समावेश गर्दा देखिएको हो, किनकि यसमा न्यूरोप्रोटेक्टिभ (मस्तिष्कलाई सुरक्षा दिने) प्रभावहरू हुन्छन्।
अल्जाइमर के हो?
अल्जाइमर मस्तिष्कको एउटा रोग हो। नेसनल इन्स्टिच्युट अन एजिङका अनुसार, अल्जाइमर एउटा यस्तो ब्रेन डिसअर्डर (मस्तिष्कको विकार) हो, जसले बिस्तारै(बिस्तारै स्मरणशक्ति र सोच्ने क्षमता नष्ट गरिदिन्छ। यसका कारण बुढ्यौलीमा कसैको नाम सम्झिन वा घरको ठेगाना याद राख्न जस्ता सजिला कामहरू गर्न पनि गाह्रो हुन थाल्छ। यो डिमेन्सियाका बिरामीहरू बढ्नुको एउटा प्रमुख कारण हो। -नवभारत टाइम्सबाट
प्रतिक्रिया