तारा एयर दूर्घटना

विमान खोजीमा नेपाल आर्मीको ‘ड्रयाग टिम’ परिचालन, घाँसामा खसेको आशंका

जोमसोम। बिहानदेखि बेपत्ता तारा एयरको ट्विनेटर विमान खोजीका लागि नेपाल आर्मीले आफ्नो ‘ड्रयाग टिम’ लाई परिचालन गरेको छ। हाल उद्धारका लागि जोमसोमबाट ४५ जनाको टिम परिचालित छन्। 

काठमाडौंबाट नेपाल आर्मीको ‘ड्रयाग टिम’ परिचालित भइसकेको छ भने उनीहरू थासाङ गाविसको घाँसामा पुग्न लागेको नेपाल आर्मीको श्रोतले दृश्यटिभीलाई जानकारी गरायो। नेपाल आर्मीको एउटा उद्धार टोली पहिले नै धाँसामा बसेको छ। 

विमान दुर्घटना भएको शंकास्पद ठाउँ धौलागिरीको टिटी तालमा पुग्न धाँसाबाट ६ घण्टा लाग्ने स्थानीयवासी बताउँछन्। 

‘यहाँबाट आर्मीको उद्धार दलसहित स्थानीयलाई पठाउने तयारी गरिरहेका छौं। तर, बाक्लो हुस्सुले सकिरहेका छैनौं,’ नेपाल आर्मीको श्रोतले दृश्यटिभीलाई बतायो। 

 

पाइलट घिमिरेको मोबाइल नेटवर्कको आधारमा खोजी तिब्र

यात्रुका भावविह्वल आफन्त पोखरा विमानस्थलमा

प्रतिक्रिया