तारा एयर दूर्घटना

पाइलट घिमिरेको मोबाइल नेटवर्कको आधारमा खोजी तिब्र

जोमसोम। बिहानदेखि हराइरहेको तारा एयरको चालक दलका कप्तान प्रभाकर घिमिरेको मोबाइलको नेटवर्क चलिरहेको जानकारी नेपाल आर्मीको श्रोतले दृश्यटिभीलाई दिएको छ। नेटवर्ककै आधारमा लेते पासको माथिल्लो टिटी डाँडामा खोजी कार्य तिब्र बनाइएको छ। 

‘हामीले ट्रयाक गर्ने प्रयास गरिरहेका छौ। तर, मौसम अनुकुल छैन। पुरै डाँडामा हुस्सु परेको छ भने सिमसिम पानी पनि परिरहेको छ,’ नेपाल आर्मीकाे श्राेतले बतायाे। 

मौसम खराब भएपछि आइतबार बिहान १० बजेर २० मिनेटमा अवतरण गर्नुपर्ने तारा एयरको जहाज सम्पर्कविहिन बनेको थियो। विमानले बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडान भरेको थियो।

स्थानीयवासीले पनि टिटी पहाडमा आवाज सुनिएको बताएका छन्। अहिले नेपाल आर्मीको हेलिकोप्टरले लेते पास, टुकुचे, कालापानी गाउँलगायत धवलागिरी शृंखलामा पनि खोजी कार्यलाई तिब्र बनाएको छ। 
मौसम प्रतिकूल भएका कारण स्थानीय जानकारलाई बोकेर फिस्टेल एयरको हेलिकोप्टर दुइवटा लोकेसनमा विमानको खोजी गरिरहेका छन्।   
 

प्रतिक्रिया