पृथ्वीको पहिलो जनावरसँगै ४० करोड वर्ष पुरानो किराको प्रजाती भेटियो

मेलबर्न । बैज्ञानिकहरुले अस्ट्रेलियामा किराका दुइ प्रजातीको खोज गरेका छन्, जुन करीब ४० करोड वर्ष पुराना हुन् । 

युनिभर्सीटी अफ मिसौरीका सारा ज्याक्वेटको नेतृत्वमा अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकहरुको एक अन्र्तराष्ट्रिय टीमलाई यो सफलता प्राप्त भएको हो । यी प्रजातीको नाम ‘लेपिडोकोलियस क्यालीबर्नस’ र ‘लेपिडोकोलियस शुरीकेनस’ राखिएको छ । एमयू एक्सरे माइक्रोएनालिसिस कोर फेसिलीटीको माइक्रो सीटी इमेजीङ क्षमताहरुको प्रयोगबाट सोधकर्ताहरुले प्राचीन किराको कवच प्लेटहरुको थ्रिडी मोडल बनाएका छन् । 

प्राचीन किराको कवचवाला कंकाललाई ‘माचेरिडियन’ भनिन्छ । एमयू कलेज अफ आर्टस एन्ड साइन्समा भूवैज्ञानिक विज्ञानका सह प्राध्यापक ज्याक्वेटका अनुसार यो अध्ययनबाट वैज्ञानिकहरुलाई पुरै जीवाश्म रेकर्डमा जैविक बायोलोजिकल आर्मड सिस्टमले कसरी काम गर्छ भन्ने जानकारी प्राप्त हुनेछ । माइक्रो सीटीको प्रयोगबाट कवचको अलग–अलग भाग बनाउन सकिने पनि उनले बताए । 

ज्याक्वेटले भनेका छन्, ‘यी कवचले किरालाई कसरी सुरक्षा दिए भन्ने हामीले थाहा पाउनेछौं, जुन किराहरु जीवाश्म रेकर्ड लोप हुनेक्रममा गायब भए ।’

पहिलो जनावर

fossil1591610136961

यसैगरी गत वर्ष वैज्ञानिकहरुले स्कटल्याण्डमा ४२५ मिलियन वर्षपहिलेको एक कनसुत्लोजस्तो जीवको जीवास्म फेला पारेका थिए, जुन जमीनमा रहने सबैभन्दा पहिलो जनावरमध्ये एक थियो । यसपछि नै पृथ्वीमा जनावरहरुको विकास हुँदै आयो । 

कनसुत्लोजस्तो जीवको जीवाश्म स्काटीस इनर हेब्रीड्सस्थित करेरा टापुमा भेटिएको थियो । यो तालको किनारमा कुहिने बनस्पतीको नजिक रहन्थे । यीनीहरु अहिले पाइने कनसुत्लोजस्तै किरा थिए, तर यीनका पुर्खा भने थिएनन् । जीवाश्ममा यीनको गोडा भने पाइएन । यीनीहरु किरा, गंगटा र माकुराकै बर्गमा पर्ने मानिएको थियो । अब चाहिँ ४० करोड वर्षपहिलेकै जुका टाइपका किराको अवशेष फेला परेकाले वेज्ञानिकहरुलाई पृथ्वीमा जीवको उत्पत्ति र विकासबारेको अध्ययनमा नयाँ नयाँ तथ्य पत्ता लाग्ने आशा पलाएको छ । 
 

प्रतिक्रिया