ठ्याक्कै मिलेको भविष्यवाणी: 'लुकाएको कालो धन जफत हुने, नेताहरु जेलमा कोचिने'

यो गोचर लग्न कुण्डली आगामी कार्तिक ३ गते २०७९ साल बिहीबारको हो। उक्त कुण्डलीमा नेपाल देशको रासि लग्न बृश्चिक राखेमा (यो गोचर आगामी कार्तिक १७ गते बिहानको हो।) दोस्रो भाव रिक्त छ। तेस्रो भाव पुरुषार्थको भावमा शनि बक्रिबाट मार्गि बनेर बसेका छन्। चतुर्थ भाव जनताको भावमा चन्द्रमाका साथ नेप्च्युन बसेका छन्। पञ्चम भावमा गुरु बक्रि बनेर बसेको अवस्था छ। षष्ठ शत्रु भावमा राहुका साथमा युरेनश युतिमा छन्।

सप्तम दुर्ग र परराष्ट्र भावमा शुक्रको स्वामित्व भई शुक्र  अस्त र बुध केतुका साथमा छन्। यसर्थ यो कुण्लीबाट मंगल स्वयं अष्टम् हुनाले र राष्ट्रको स्वामी हुनाले राज्यमा गंभीर अवस्था आउने पक्का छ। सेना र खलनायक दुबैका बीचमा द्वन्द्व सिर्जना हुनु अनि राज्यस्थ कर्मेश र शंकल्पभावेश शनि पु्ल्टोका साथका युतिले सेनाको जीत निश्चित छ। रिपु भावेश बुध अस्त हुनु बुध उत्तर दिशाको कारक हुनाको कारण उत्तरको  छिमेकीको हेराइ अलिकति कर्के हुनेछ। दक्षिणी छिमेकी गुरुको बाह्रौं भावका कारण प्रेमील भएको अवस्था आउने छ।

पश्चिम दशाको मालिक शनि राज्यमा रहनाले पश्चिमी छिमेकीहरूको अपेक्षित रुपमा सहयोग नै देखिन्छ। बिश्वास भावका गुरुको शंकल्प भावमा रहेकाले हाम्रा देशका जनताको शङ्कल्प शक्ति अपरिमीत देखिनेछ। यस्तै रासि ८मा गुरुको अमृत दृष्टिका कारण नेपाल राज्यको वृद्धि नै हुने निश्चित छ। शासकलाई न्यायी बनाउन दशमका शनिले भरपुर भूमिका रहेकाले यी अहिलेका भ्रष्टाचारी नेताहरू राज्य र जनताका शत्रुका रुपमा देखिने अवस्था आउनेछ। बलिष्ठ मंगल पुरुषार्थ भावमा बस्नुले र उसको हेराइ इच्छाशक्ति भाव, राज्य भाव र धर्म भावमा पर्नाले राज्य र जनता दरो हुनेछन्।

खासगरि शनिदेव कुम्भ रासिमा २०७९ माघ २ गतेबाट सरेपछिको समयमा रासिबाट चतुर्थ हुनेछन् जो जनताको भाव हो र मूल त्रिकोणमा बसी देशको शत्रुभावमा बसेका मायावी राहु र युरेनशलाई तेस्रो दृष्टिले देख्ने छन्। शनिको आज्ञा जनतालाई न्याय प्रदान गर्नुमा र दुःख हरण गर्नुमा रहनेछ ९० डिग्री देखि १२० डिग्री सम्मको भर्टिकल दृष्टिले देशका शत्रु आन्तरिक र बाह्य सबैलाई लखेट्ने,दण्डहीनताको अन्त्य गर्ने काममा कार्मिक गति शनिको प्रभाव रहनेछ र यो काम शनि ३० डिग्री मध्ये प्रथम १० डिग्री भन्नाले आगामी माघबाट २०८० मार्गभित्र सबैथोक फोहरीपनालाई टल्काउनु पर्ने कार्य गरिसकेर उप्रान्त राज्यको सबै सिस्टम बसाउने र अर्को दस महिना भित्र बिकासलाई तिब्रता प्रदान गर्नमा शनि क्रुर भएर देखापर्नेमा सन्देह छैन। तसर्थ शनिले भ्रष्टाचार, अभिचार व्यभिचार समाजबाट हटाउने कार्य गर्ने भएकाले देवश्व, राजश्व र शिवश्व, अनि ब्रम्हश्व हरण गर्नेलाई दुलाबाट निकालेर पाहा पछारे झैँ पछार्ने हुँदा कालो धन राख्ने सबैलाई लुक्ने दुलो पनि भेट्ने छैनन्। कसैलाई  मारक बनेर मृत्यु दिनेछन् कसैलाई जेलनेल र कतिलाई बिदेश हिँडाउने र त्यहाँ पनि सुखले बस्न दिने छैनन।

यो शनिको प्राकृतिक गुण हो। बिश्वको जनसंख्या माल्थसले भनेझैँ धेरै नै छाँटिनेछ। जहाँसम्म लाग्छ, धर्मको नाममा ढोंग गर्ने धर्म मास्नेलाई प्रथम स्तरको दण्ड शनिले प्रदान गर्ने छन्। एक वैदिक युगमा प्रवेश गराउने पहिलो काम, दोस्रो प्रकृतिलाई कुल्चने कार्य गर्ने र अपमान गर्नेलाई पाता कस्नेछन् र तेस्रो काम जनताको धन खाने र हर्नेलाई दण्डित गरी न्याय स्थापना गर्नेछन्।

२१० डिग्री देखि २४० डिग्रीमा अर्थात् सरल रेखा ८० डिग्रीको दृष्टि पराक्रम भाव चन्द्रमाको घर देख्ने हुँदा जनता भावलाई अनेकन भौतिक प्रविधि तर्फ सक्रिय पार्न उद्योग धन्दाहरूको व्यवस्थापनतिर शनिले राज्य संयन्त्रलाई मोड्नेतिर गतिशील हुनेछन्।

तसर्थ जताततै कामहरू हुनेछन्। ३०० डिग्री बाट ३३० डिग्रीसम्म शनि परेर शुक्र बुध र केतुमा सम्बन्ध राख्दछन्, जसले राज्यको बित्तिय बिभाग लगायत, बुद्धिजीवी एवं नैतिक कार्यमा न्याय प्रदान गर्न उत्सर्ग नै गराउने बाचा गर्छन्। अर्कातिर देशका आन्तरिक आततायीहरूलाई जेल कोच्न सक्रिय रहने हुँदा गरीबी निवारणका लागि केही कार्यहरू गराउनेछन्। बिदेशमा लुकाएको रकम देश भित्र्याउन शनि र शुक्रको तालमेल राम्रो देखिएको छ। युवाबर्गले नेतृत्व लिने संयोग गुरुको र मगंलको प्रभाव रहेको छ। उत्तरी छिमेकी चीनले नेपाललाई हेर्ने दृष्टि बदल्ने छ भने भारत पनि नेपालसँग मित्रता राखेरै अघि बढ्ने दिशामा उत्प्रेरित हुने अवस्था आउनेछ।

भौम देश नेपालको स्वामी बक्री बनेर रहनु भनेको पहिला छुटेको नगरी नहुने कामलाई शनि माथि उच्च दृष्टी दिनुले कार्मिक ग्रह शनिलाई एक्टिभ गर्छ र सेनापतिको सल्लाहमा शनि कर्म गर्ने भएको यो गोचरीय परिस्थितिले सेनाले लिने वा अन्यायमा परेका राजालाई राज्यारोहण गराउन सक्ने संभावना यही असोज महिनाबाट प्रारम्भ भई आगामी फाल्गुनसम्म देखाउने भएकोले र अझ शनि मकरस्थ हुँदै राजा आउन सक्ने संभावना ९९ प्रतिशत ग्रहको अवस्था देखिन्छ। धार्मिक आन्दोलन र वैदिक धर्मको स्थापनालाई पञ्चम गुरूले साथ दिएको अवस्था नकार्न सकिन्न। मुलुक फेरि एकपल्ट स्वतन्त्रता सहितको हिन्दु राज्य र अलि डिक्टेटर हिसाबले चल्ने, पुनः देशकाल र भूगोल सुहाउँदो लोकतान्त्रिक राज्य प्रणाली एबं पञ्चशीलको रणनीतिक सिद्धान्तमा परराष्ट्र नीति तर्फ जान अमेरिकीहरू समेतले सहयोग गर्ने अवस्था देखिन्छ।

यो माथिको राजनीतिक विश्लेषण ग्रहका आधारमा गरिएको छ।

मंगलको बक्र अवस्था र राहु युरेनशको रोग भावको भ्रमणले अनेकन नयाँ रोगहरू संसारमा देखिन्छन्। छालामा हुने रोग यस्तै अन्यान्य खटिरा निस्कने रोगहरू देखा पर्न सक्ने संभावना छ। विश्व विविध ध्रुवमा बाँडिने र डलरको बर्चश्व कम हुने अन्य रुपैयाँहरू पनि समान रुपमा बिश्वमा चलाउन गुरु ग्रह तत्पर रहेको अवस्था समेत देखिन्छ।  

(राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहादुर चन्द लगभग निस्क्रिय जस्तै बसेका बेला प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका ज्योतिषी उदय निरौलालाई पछि चन्दले  आफू राजाबाट प्रधानमन्त्री नियुक्त गरेपछि धुँइपाताल खोजेर भेटेका थिए। त्यसैगरी निरौलाले नै पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई अज्ञातस्थलमा लगेर ग्रहको उपचार गराएपछि वाञ्छित फल पाएका थिए। यो काम पनि निरौलाले गरेका थिए। पछिल्ला दिनहरुमा उनले गरेका सबै किसिमका भविष्यवाणी पूरा हुँदै आएका अनुभवीहरु सुनाउँछन्। प्रचारबाट टाढा रहन रुचाउने निरौला कहिलेकाहीँ दृश्यटिभीका लागि लेख्ने गर्छन्– सम्पादक)

निरौलाले गएको कात्तिकमा विश्लेषण गरेअनुसार नै अहिले नक्कली शरणार्थीको मुद्दाले धमाधम नेता सहित सम्बध्द व्यक्तिलाई कानूनको कठघरामा उभ्याईरहेको छ।

प्रतिक्रिया