अस्ट्रेलियामा सीमा नखुल्दा पाँच हजार नेपाली विद्यार्थी अन्यौलमा 

 

सिडनी । अस्ट्रेलियाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित संकक्रमणको खतरा महसुस गर्दै अन्र्तराष्ट्रिय सीमा खुकुलो पार्ने पूर्व घोषणालाई १५ दिन लम्ब्याएको छ । ओमिक्रोनको वास्तविकता पूर्ण रुपमा पत्ता नलागेसम्म र जोखीमको आँकलन नभएसम्म डिसेम्बर १५ सम्म अस्ट्रेलियाको सीमा बन्द हुनेछ । 

डिसेम्बर १ देखि सीमा खुल्ने आसमा रहेका नेपाललगायतका अन्र्तराष्ट्रिय बिद्यार्थी र विदेशी कामदारले अझै दुइ साता कुर्नुपर्ने भएको छ । अस्ट्रेलिया आउन टिकटसमेत लिइसकेका कतिपय नेपाली बिद्यार्थीमा नयाँ परिस्थितिले अन्यौल सिर्जना गरिदिएको छ । 

अहिले अस्ट्रेलियामा पढन जाने बाटो कुरीरहेका नेपाली विद्यार्थीको संख्या पाँच हजार हाराहारी रहेको अर्बिट इन्टरनेशनलका अध्यक्ष प्रकाश पान्डेले बताए । ‘भिसा लिइसकेका, कलेज फिक्स भइसकेकाहरु पनि अन्यौलमा छन्, कोरोनाको नयाँ भेरियन्टले गर्दा उनीहरु नेपालमै रोकिएका छन्’, प्रकाशले भने । 

दुइ वर्षअघि नै भिसा पाइसकेका विद्यार्थीले यसविचमा केहीले अनलाइन कक्षा लिए पनि प्रत्यक्ष अधिकांस अस्टे«लियामै गएर पढन चाहन्छन् ।  केही दिनअघि मात्र डिसेम्बर १ बाट सीमा खुल्ने कुराले उनीहरु उत्साहित थिए, तर पुनः उनीहरु डिसेम्बर १५ सम्म रोकिनुपर्नेछ । नयाँ भेरियन्ट तिब्र संक्रामक भएकाले त्यसपछि पनि परिस्थिति अनुकुल हुने कुनै संकेत देखिदैन । 

अस्ट्रेलियामा भने ओमिक्रोन भेरियन्टको पाँचौ संक्रमित फेला परिसकेको छ । न्यू साउथवेल्स राज्यका अधिकारीहरुले आइतबार दक्षिण अफ्रीकाबाट सिडनी पुगेका दुइ यात्रीमा ओमिक्रोन भेरियन्ट देखा परेको बताएका थिए । सोमबार ओमिक्रोनका थप दुइ केस देखा परे । 

उनीहरु पनि आइतबार दक्षिण अफ्रीकाबाट एक उडानमार्फत अस्ट्रेलियाको सर्वाधिक जनघनत्व भएको राज्यमा आएका थिए । यसैगरी जोहानिसबर्गबाट गत साता अस्टे«लियाका शहर डार्बिन पुगेका एक दक्षिण अफ्रीकीमा पनि ओमिक्रोन संक्रमण भेटिएको अधिकारीहरुले पुष्टी गरेका छन् । 

256039145_10159646147435138_4135844720895824885_n

यी सबै परिदृश्यमा अस्ट्रेलियामा नयाँ भेरियन्ट सँक्रमण फैलिन नदिन अस्ट्रेलियाले डिसेम्बर १५ सम्म सीमा बन्द राखीरहने निर्णय गरेको अस्ट्रेलियाको चर्चित नेपाली अनलाइन एएनजेडखबर डटकम’का सम्पादक प्रकाश हुमागाईंले दृश्य टिभीलाई बताए । 

प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाइसकेका एवं कुशल श्रमिकलाई सिडनी वा मेलबर्न विमानस्थलमा क्वारेन्टाइन बिना नै प्रवेश अनुमतिको घोषणा गरेका थिए । तर, अब नयाँ परिस्थिति सिर्जना भएकाले त्यो घोषणा हाल लागू हुनेछैन । 

‘नयाँ भेरियन्ट सँक्रमणको संख्या स्वयंमा कुनै मुद्दा हैन, मुख्य कुरा कतै मानिसहरु गम्भीर रुपमा विरामी भइरहेका हुन् या मानिसहरु अस्पतालहरुको बोझ बढाइरहेका हुन् ? ओमिक्रोन के कति जोखीमपूर्ण छ त्यसबारेमा बुझ्नु जरुरी छ’, प्रधानमन्त्री मोरिसनले भनेका छन् । न्यू साउथवेल्स र भिक्टोरियाले चाहिँ राजधानी क्यानबेरामा विदेशबाट आउने सबै यात्रुले ७२ घन्टासम्म क्वारेन्टीनमा रहनुपर्ने निर्णय लिइसकेका छन् । 

डिसेम्बरबाट सीमा खुल्ने आशमा नेपालका धेरै कन्सल्टेन्सीहरुमा अस्ट्रेलियामा पढन जाने विद्यार्थीको लर्को लाग्न थालेको थियो । कन्सल्टेन्सीहरुले नयाँ नयाँ कार्यक्रम विद्यार्थीका लागि अघि सार्न थालेका थिए । विभिन्न देशमा अस्टे«लिया अध्ययनका सन्दर्भमा एक्स्पोहरु आयोजनाको तयारी चलीरहेको थियो । अब ति सबै गतिविधिमा विश्राम लागे पनि आशा भने अझै नमरेको शैक्षिक परामर्शदाताहरुको संस्था इक्यानका अध्यक्ष प्रकाश पाण्डेल बताए । 

प्रतिक्रिया