भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश

नयाँदिल्ली। नयाँ विमानथलहरूको सञ्चालन, विमान कम्पनीहरूबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै  उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ । 

नयाँ विमानस्थलहरू द्रुत गतिमा उद्घाटन भइरहेका छन्भने एयरलाइन्सहरूले सयँौंको सङ्ख्यामा विमानहरू अर्डर गरिरहेका छन् । नागरिक उड्डयनको। क्षेत्रमा भएको यो विस्तारले भारत विश्वकै अग्रणी उड्डयन केन्द्र बन्न तयार भएको देखाएको छ जसले देशको गौरव र गरिमालाई पनि बढाएको छ ।  

कुनै देशको हवाई यात्रुको मात्रा र चापलाई त्यसको अर्थतन्त्रको स्वास्थ्यको अनौपचारिक मापनका साथै त्यो देशका नागरिकको क्रयशक्तिको प्रतिबिम्बको रूपमा लिन सकिन्छ । धेरैभन्दा धेरै यात्रीको पहिलो रोजाइ विमान बनिदिँदा त्यो देशको बलियो अर्थव्यवस्थालाई सङ्केत गर्छ । भारतको सुदृढ आर्थिक आधार र नीतिका कारण यो सम्भव भएको हो । बिस्तारै उठेको उड्डयन क्षेत्रले अहिले गतिमात्र लिएको छैन उच्चतम उचाइमा उडान गरिरहेको छ । 

देशको उड्डयन क्षेत्रमा अचानका भएको वृद्धि र यात्रीको चापलाई दृष्टिगत गरी टाटा सन्सको नेतृत्वमा एयर इन्डियाले गत महिना चार सय ७० वटा बोइङ र एयरबस विमान खरिदका ऐतिहासिक सम्झौता गर्नुले भारत अब उड्डयनको स्वर्ण युगतर्फ उन्मुख भएको देखाउँछ । झण्डै एक सय अर्ब अमेरिकी डलरको यो सम्झौतामा आर्थिक उन्नयनको दिशामा उकालोतिर लम्केको भारतलाई देखाएको छ भने  विश्वभरका यात्रीका आवश्यकता पूरा गर्ने बृहत् विमानका विस्तृत शृङ्खलालाई समावेश गरेको छ । बोइङ र एयरस्पेससँगको ती सम्झौताले भारतको आर्थिक विकासलाई सुपरिचत गराएको छ किनकी यसअघि विश्व नागरिक उड्डयनको क्षेत्रमा यति ठूला सम्झौता भएका थिएनन् । 

एयर इन्डिया र बोइङबीच भएका सम्झौतालाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइस  अमेरिकी अर्थतन्त्र र आफ्नो देशका कामदारका लागि मात्र नभई भारतका जनताका लागि पनि अवसर भएको बताउँछन् । अमेरिका र भारतबीच साझा हित र मूल्यमा आधारित सुदृढ आर्थिक सम्बन्धलाई एयर इन्डिया र बोइङबीचको सम्झौताले अझ सबल एवम् सुदृढ बनाएको उनी बताउँछन् । 

भारत हवाई सेवाको उदीयमान बजारमा विस्तारै रुपान्तरण भइरहेको छ । यसलाई सबैले आशावादी भएर हेरेका छन् । कोरोना महामारीपछि पनि केही सुस्ताएको उड्डयन बजार पुनः गतिशील भएको छ । गतवर्षदेखि गति लिएको उड्डयन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा  सन् २०२० र २०२१ को तुलानामा गत वर्ष ४३ प्रतिशत अर्थात् १२ करोड ३० लाखले हवाई यात्रा गरेका थिए । बजार तथा उपभोक्ता तथ्याङ्क विशेषज्ञ ‘स्ट्याटिस्टा’ ले आर्थिक वर्ष २०२२ मा भारतीय विमानस्थलबाट २२ करोड अन्तर्राष्ट्रिय यात्री आफ्ना गन्तव्यमा गएका अभिलेख राखेको छ । 

भारतमा करिब चारसय विमानस्थल र एयर स्ट्रिप छन् । तीमध्ये सन् २०२२ को अन्त्यमा सञ्चालनमा आएका हुन् । भारतीय उड्डयन क्षेत्रले सामान्य रूपमा भारतीय आर्थिक वृद्धिसँग समानान्तर हुने प्रक्षेपण गरिएको छ ।  जुन आगामी एक दशकमा प्रमुख विश्व अर्थतन्त्रहरूमध्ये सबैभन्दा द्रुत गतिमा बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि हालै संसालाई नै पछि पार्दै भारत दिगो आर्थिक विकासको मार्गमा अघि बढ्ने प्रक्षेपण गरको छ । 

हवाई भाडा घटाउने, बजेट एयरलाइन्सको फ्लीटमा द्रुत विस्तार र भारतमा लगातार बढ्दो मध्यम आय समूहजस्ता सरकारका सक्रिय उपायहरूले भारतीय उड्डयन क्षेत्रको सफलतामा ठूलो योगदान गरेको छ । उदार उड्डयन नीतिका कारण भारत विश्वको सबैभन्दा सस्तो हवाई बजारको पनि बनेको छ । (रासस/एएनआई)

प्रतिक्रिया