राहुलको सांसद पद खारेजीपछि 'भारतको आवाज विश्वभर सुनिने' दावी

नयाँदिल्ली। भारतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सञ्चार माध्यमले भारतको आवज अब विगतको भन्दा अझ चासो दिएर अन्तरराष्ट्रिय समुदायले सुन्ने बताएका छन्। 

सुरतको अदालतले मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाएको भोलिपल्ट संसद्को तल्लो सदनको कार्यालयले विपक्षी दलका नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको घोषणा गरेको सन्दर्भमा उनीहरूले भारतप्रति विश्वको चासो बढ्ने बताएका हुन्।

राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमले गान्धीलाई जानाजान मानहानि मुद्दामा दोषी ठहर गरिएको आरोप लगाएका छन्।  नेता शशी थरुरले गान्धीको आवाज सत्तारुढ दलले दबाउन खोजे पनि उनको आवाज अब संसारका कुना–कुनामा पुग्ने बताए। 

राष्ट्रिय राजधानीस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता अभिषेक मनु सिंघवी र जयराम रमेशले भाजपा नेतृत्वको सरकार राहुल गान्धीको टिप्पणीबाट विचलित भएको आरोप लगाए। गान्धीविरुद्धको मुद्दा कानुनी भन्दा पनि राजनीतिक विषय भएकाृ बताउँदै नेता रमेशले न्यायालयको निर्णयबाट लोकतन्त्रको घाँटी थिच्ने अभीष्टलाई सहयोग पुगेको टिप्पणी गरे। रासस

प्रतिक्रिया