टिकाटालोपछि मुकुन्दले भने, ‘इन्दीरा पाउनु आठौं आश्चर्य’

 

काठमाडौं । बालकृष्ण समको नाटक ‘मुकुन्द इन्दीरा’को जोडीलाई आधार मानेर चर्चित अनि भाइरल दार्शनीक मुकुन्द घिमिरे (मुकुन्दे)ले लामो समयदेखि जीवन साथीका रुपमा इन्दिराको खोजी गर्र्दै आएका थिए । 

अन्ततः दैव संयोग र मुकुन्दको लामो कोशीसपछि इन्दिरा संग्रौलासँग उनले लगनगाँठो कस्ने भएका छन् । 

आइतबार एकाबिहानै मुकुन्दको फेसबुक पेजमा यो नव जोडीको टिकाटालोको फोटो सार्वजनिक भयो । मुकुन्दले यो फोटो सार्वजनिक गर्दैै लेखे, ‘सरप्राइज, इन्गेजमेन्ट, फुलमाला, आँठी साटासाट, मुकुन्द इन्दिरा, झापा, सुरुंगा । इन्दिरा सँग्रौला ।’

यति खबर के सार्वजनिक भएको थियो, यूटयूबदेखि अनलाइन पत्रिकाहरुमा समाचारको बाढी नै आयो । एमाले महाधिवेशनको खबरलाई पनि माथ दिने गरी आइतरबार दिनभरी मुकुन्दको जोडी चर्चामा रह्यो । 

 जन्ते बाख्रो चपाउन दाँत तिखार्दैछन्

मुकुन्दले इन्दीरालाई फेला पार्नुलाई आठौं आश्चर्य बताएका छन् । उनले अर्को स्टाटस लेखेका छन्, ‘मुकुन्दलाई इन्दु नै जु¥यो, आठौ आश्चर्य हुँदैछ । झापाकी कन्काई फर्काउने पुनित कार्य हुँदैछ । सारा दाजुभाइ दिदीबहिनी उठेर यो दुलाहा सिंगार्र्दैछन् । जन्ते बाख्रो चपाउन आफना दाँत तिखार्दैछन् । साङचेप सहकारी लगाएर बिहे खर्च जुटाइदिन्छन्, देशविदेशमा अभियान चलाएर छोराको शीर उठाइदिन्छन् ।’

मुकुन्द र इन्दिराबीच यही मंसिर २७ मा विवाह हुँदैछ । इन्दीरा संग्रौलाले एमए उतिर्ण गरेकी छिन् भने चितवनको मेघौलीस्थित दश जोड दुइ कलेजमा पढाउँछिन् । 

प्रतिक्रिया