भारतमा पाकिस्तान सरकारको ट्विटर बन्द

काठमाडाैं। भारतले पाकिस्तानकाे ट्विटर अकाउन्ट बन्द गरेकाे छ। भारतमा पीएफआइको गतिबिधिमाथि प्रतिबन्ध लगाएपछि पाकिस्तान सरकारले यसकाे कडा विराेध गरेकाे थियो। उसले पीएफआइविरुद्धकाे अभियानकाे विराेधमा ट्विट गरेकाे थियो। यसैकाे विराेधमा भारतले पाकिस्तान सरकारको ट्विटर अकाउन्ट बन्द गरेकाे हो। 

पपुलर फ्रन्ट अफ इन्डियाले २०१३ देखि आफ्नो सक्रियता बढाएकाे थियो। यसकाे गतिविधिलाई लिएर पहिलेदेखि नै आशंका व्यक्त गरिएको थियो। अहिले भारतीय सरकारले आतंकवादी गतिबिधिमा संलग्न भएकाे भन्दै यसलाई प्रतिबन्ध लगाएको छ।

 

प्रतिक्रिया