युवराज माेहम्मद बिन सलमान साउदीकाे प्रधानमन्त्री नियुक्त

काठमाडौं। साउदी अरबले युवराज माेहम्मद बिन सलमानलाई प्रधानमन्त्री नियुक्त गरेकाे छ। साउदी न्युज एजेन्सी साउदी प्रेस एजेन्सी (एसपीए) ले यसकाे जानकारी दिँदै भनेकाे छ– राजा सलमान बिन अब्दुलआज अल साउदले मंगलबार शाही घोषणा मार्फत छोरालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। 

साउदी प्रेसले राजा सलमानका दोस्रो छोरा खालिद बिन सलमानलाई रक्षा मन्त्री नियुक्त गरेकाे जानकारी पनि दिएकाे छ। प्रधानमन्त्री नियुक्त माेहम्मद बिन सलमान कट्टर देखिए पनि महिला अधिकारकाे मामिलामा सकारात्मक देखिन्छन्। उनले महिलालाई गाडी चलाउन दिनेदेखि रंगशालामा महिलाकाे उपस्थितिलाई सहज बनाउन योगदान गरिसकेका छन्।

सन् २०१७ मा उनलाई युवराज घोषित गरिएको थियो।  

 

 

प्रतिक्रिया