अब अमेरिकाले भारतमा ड्राेन हतियार निर्माण गर्ने

काठमाडौं। अमेरिकाले भारतसँग मिलेर ड्राेनकाे निर्माण गर्ने भएको छ। पेन्टागनका एक वरिष्ठ अधिकारीले यसकाे पुष्टी गर्दै भारतसँग मिलेर ड्राेन बनाउने बताएका छन्। चीनलाई एसियाली क्षेत्रमा कडा टक्कर दिने हेतुले याे कदम उठाइएकाे अमेरिकी अधिकारीले बताएका छन्। वासिङ्टनले चीनलाई टक्कर दिन दिल्लीसँग घनिष्ट सम्बन्ध बनाउन चाहिरहेकाे छ। 

पेन्टागनका अधिकारीले भारतमा निर्माण हुने ड्राेन सहयाेगी राष्ट्रलाई बेच्ने रणनीति पनि रहेकाे बताए। भारत आफ्नो हतियारकाे क्षमता बढाउने अभियानमा लगातार प्रयासरत छ। यसै क्रममा भारतले आफ्नै देशमा हतियार उधाेग विकसित गर्ने चाहना राखेकाे हो। यसअघि भारत हतियारका लागि रुससँग परनिर्भर थियो। अहिले पनि भारतसँग सबैभन्दा बढी हतियार रुसबाट खरिद गरेकै छ। 

हिन्द–प्रशान्त सुरक्षा मामलाका सहायक रक्षा सचिव एली रेटनरले पत्रकार तथा रक्षा विशेषज्ञहरुकाे एक समूहसँग भने, ‘हामी भारतलाई हरेक माेर्चामा सहयाेग गर्न चाहन्छौं।’

रेटनरले सह–उत्पादन तथा सह–विकासशील क्षमताकाे आधारमा भारतसँग मिलेर काम गर्न चाहेकाे बताए। ‘हामी भारतकाे रक्षा आधुनिकीकरणकाे लक्ष्यलाई समर्थन गर्छौ,’ उनले भने। 

उनले भारतकाे सहयाेगमा दक्षिण र दक्षिण पूर्वी एसियाकाे पुरै क्षेत्रमा सस्तो मूल्यमा ड्राेन निर्यात गर्न सकिने बताए। उनले हवाइ जहाज र एन्टी ड्राेन सिस्टमसहितको ड्राेन विकसित गर्ने सम्भावनातर्फ इसारा गरेका छन्। अमेरिकाले सन् २०१६ मा भारतलाई ‘प्रमुख रक्षा समूह’ काे रुपमा आफ्नो देशकाे सूचीमा समावेश गराएकाे थियो। 

–राेयटर्स

 

 

 

 

 

प्रतिक्रिया