इर्दाेवानले युएन महासभामा काश्मिरको मुद्धा उठाए

काठमाडौं। टर्कीका राष्ट्रपति तैयप इर्दाेवानले संयुक्त राष्ट्र संघको ७७ औं महासभालाई सम्बाेधन गर्ने क्रममा काश्मिरको मुद्धा उठाएका छन्। भारतीय मिडियाहरुले केही दिनअघि भारतकाे विषयमा टर्की सरकार लचक देखिएको समाचार प्रकाशित गरिरहेको अवस्थामा इर्दाेवानले काश्मिरको समस्यालाई विश्व समस्या भनेका छन् र यसकाे सम्बाेधन चाडै हुनुपर्ने बताएका छन्। उनले भने, ‘भारत र पाकिस्तानले ७५ वर्षअघि आफ्नो संप्रभुता र स्वतन्त्रता स्थापित गरे पनि आफूहरुबीच शान्ति र भाइचारा स्थापित गर्न सकेका छैनन्। यो दुर्भाग्यपूर्ण छ।’

उनले महासभामा काश्मिर मुद्धा चिन्ताजनक भएको बताउँदै भने, ‘हामी आशावादी छौं र प्रार्थना गर्छौ, यसको स्थायी समाधान निस्कियोस् र काश्मिरमा न्यायमा आधारित समृद्धी होस्।’

इर्दोवान र भारतीय प्रधानमन्त्रीले केहि दिनअघि मात्र उज्वेकिस्तानकाे समरकन्दमा संघाई सहयाेग संगठनको बैठकमा भेटेका थिए। उनीहरुले द्धिपक्षीय सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर वार्ता पनि गरेका थिए। यस्तो बेला इर्दोवानले काश्मिरको विषयमा टर्कीको विचार राखेका छन्। यसले दुइ देशको सम्बन्ध पुन: खराब हुने आशंका व्यक्त गरिएको छ।

प्रतिक्रिया