ट्वाइलेटमै खेलाडीका लागि खाना पकाउन थालेपछि (भिडियोसहित)

लखनउ। महिला कबडी खेलाडीमाथि भएको खेल अधिकारीको व्यवहारका कारण सर्वत्र आलोचना भइरहेको छ। भारतको उत्तर प्रदेशको सहारनपुरमा खेल अधिकारीको लापरवाहीको भिडियो भाइरल भएको छ। 

सहारनपुरस्थित भीमराव स्टेडियममा ३ सय महिला कबडी खेलाडी उमेर समूहको प्रतियोगिता खेल्न गएका थिए। उनीहरूका लागि स्विमिङ पुलमा खानाको व्यवस्था गरिएको थियो तर खाना ट्वालेटमा राखिएको घटना सार्वजनिक भएपछि खेल अधिकारी निलम्बित भएका छन्। 

up sports1

यस विषयमा खेल पदाधिकारीलाई प्रश्न गर्दा उनीहरूले बर्षाका कारण खाना ट्वाइलेटमा राख्नु परेको बताएका थिए। यस विषयमा केन्द्रीय खेल मन्त्री अनुराग ठाकुरले खेल पदाधिकारी तथा ठेकेदारविरूद्ध कडा कार्यवाही गर्न आदेश दिएका छन्। खानाको ठेक्का पाएका ठेकेदारलाई कालोसूचीमा राखिएको छ। 

ट्वाइलेटमा खाना राखिएको भिडियो १६ सेप्टेम्बरमा सार्वजनिक भएको थियो। भिडियोमा भात र पुरी राखेको प्रष्ट देखिन्छ। खेलाडीहरूले यहीबाट खाना प्लेटमा हालेर लैजादै गरेको देखिएको छ। ट्वाइलेटमै पुरीका लागि आटा मुछिनुका साथै तेलको कराही पनि राखिएको थियो। 

युपी कबडी संघले राज्यस्तरीय उमेर समूहको महिला प्रतियोगिता आयोजनाको जिम्मेवारी सहारनपुरलाई दिएको थियो। प्रतियोगिता १६–१८ सेप्टेम्बरसम्म आयोजना भएको थियो। यसमा १८ टिम सहभागी थिए। जसमा ३ सय खेलाडी समावेश थिए। खेलाडीको बसोबासको जिम्मा पनि रंगशालामा गरिएको थियो। 

केही खेलाडीलाई ट्वाइलेटबाट खाना खान अफ्ठेरो लागेपछि भोकै बसेका थिए। 

प्रतिक्रिया