रानी एलिजाबेथको निधनमा मेगनलाई सहभागी नगराउन उर्दी 

लण्डन। बेलायती महारानी एलिजाबेथ द्धितीयको निधनको खबर प्राप्त गरेपछि राजकुमार ह्यारी एक्लै स्कटल्याण्डस्थित बाल्मोरल क्यासल पुगेका थिए। श्रीमती मेगन मार्केल उनीसँग थिइनन्। यो घटनाका कारण अहिले प्रश्न उठ्न थालेको छ, महारानी एलिजाबेथलाई अन्तिम समय हेर्न मेगन किन पुगिनन्? 

रिपोर्ट अनुसार नवनियुक्त राजा चार्ल्स तृतीय आफ्नो आमाको अन्तिम श्रद्धाञ्जलीमा कान्छो छोराको श्रीमती शाही परिवारको बीचमा समावेश नहुन भन्ने चाहन्थे। ‘द सन’ को रिपोर्ट अनुसार राजाले ह्यारीलाई मेगन मार्केललाई बाल्मोरल क्यासलमा ल्याउन मनाही गरेका थिए। 

राजा चार्ल्सले नै ह्यारीलाई भनेका थिए, यो दुःखद समय मेगनलाई समावेश गराउनु उचित हुँदैन। ह्यारीलाई सुरुमै बताइएको थियो, उनको ठूलो दाजु राजकुमार विलियमको श्रीमती केट पनि बाल्मोरल क्यासलमा सहभागी हुँदै छैनन्। उनलाई भनिएको थियो, परिवारसँग नजिक भएको व्यक्ति मात्र आउन सक्छन्। चार्ल्सले मेगनको स्वागत नगरिने बताइएको बेलायती मिडियामा उल्लेख छ। 

‘द सन’ पत्रिकाका अनुसार ह्यारी स्कटल्याण्ड पुग्न एक्लै एयरपोर्ट पुगेका थिए। तर, राजकुमार विलियम, राजकुमार एण्ड्रयु, राजकुमार एडवर्ड र उनको श्रीमती सोफी एउटै कारमा एयरपोर्ट पुगेका थिए। कारमा बस्ने ठाउँ हुँदाहुँदै पनि ह्यारीलाई छुट्टै आउन भनिएको थियो। ह्यारी प्राइभेट जेट लिएर बाल्मोरल पुगेका थिए। यतिबेला एलिजाबेथको क्यासलमा निधन भइसकेको थियो। उनी पछि कमर्शियल फ्लाइटबाट लण्डन फर्किएका थिए। 

ह्यारी र मेगन ९ जनवरी २०२० मा शाही परिवारबाट छुट्टिएका थिए। उनीहरू हाल अमेरिकामा बसोबास गर्छन। ह्यारी र मेगनले एउटा अन्तर्वार्तामा भनेका थिए, आफ्नो आमा डायनालाई जस्तो खराब समयबाट हिँड्नु पर्यो, त्यस्तै अनुभव उनीहरूलाई पनि शाही परिवारबाट छुट्टिदा अनुभव भइरहेको छ। ह्यारीले आफ्नो आमाले कस्तो खराब अवस्थाबाट गुज्रिनु पर्यो भन्ने अनुभव अहिले आफूलाई भइरहेको बताएका थिए। 

मेगन फिल्म स्टार हुन् भने गैरबेलायती पनि। आफ्नो जीवनशैलीका कारण मेगन थुप्रै पल्ट शाही परिवारको खराब व्यवहारको शिकार भएकी थिइन। यसै कारण ह्यारी परिवारबाट टाढिएको थिए। 
 

प्रतिक्रिया