दार्चुलामा बाढी: झोलुङे पुल पानीले बगाउँदा दुहु र ब्यास क्षेत्र आवागमन ठप्प (तस्विरहरु)

काठमाडौं। रात छिपिदै थियो। स्थानीय आ–आफ्नो घरमा पसिसकेका थिए। एक्कासी गड्याङ गुडुङको ठूलो आवाज सुनेपछि खोला किनार माथी बसेको बस्तीमा कोलाहल मच्चियो। मान्छेहरु आ–आफ्ना लालाबालालाई काखिच्याप्दै भागा–भाग गर्न थाले।

अकल्पनीय मानिएको बाढीले दार्चुलास्थित महाकाली नगरपालिकाको १, २ र ३ वडाका बासिन्दा रातभरि सुत्न सकेनन्।  मध्यरातमा अविरल बर्षाको कारण महाकाली नदी बंगबगर क्षेत्र, लास्कु, डुङरी,  मुल्ला , मैखोली क्षेत्रमा कति क्षति भयो यकिनका साथ भन्न सकिने अवस्था छैन।

कति जना हताहत भए। कति धनजनको क्षति भयो। आँखाले देख्न सकिने क्षतिमात्र अहिलेका कारुणिक तस्विर हुन्। बिहान सबेरै झिसमिसे हुँदा गाउँको रुप नै परिवर्तन भएको पाएर सम्पूर्ण जिल्लाबासी उद्दारको काममा खटिएका छन्।

त्यतिमात्रै हैन, नौगाड गाँउपालिका एयरकोट, सल्लालगायत ठाँउमा समेत व्यापक जनधनको क्षति भएको छ। जिल्लाका प्रशासनीक निकाय, सुरक्षा निकाय उद्धारमा रातिदेखि नै सक्रिय छन्। प्रमुख जिल्ला अधिकारीलगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथमा पार्टीका नेता कार्यकर्ता युद्धस्तरमा खटिएका छन्।

305543474_789825328925093_6366808323498303997_n

दार्चुलाका माननीय तथा पूर्व मन्त्री गणेश ठगुन्नाका अनुसार उद्दार टोली घटना स्थलमा पुगिसकेको छ। महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र नेकपा एमालेका कार्यकर्तालाई उद्धार कार्यमा संलग्न हुनका साथै घाईतेको अविलम्ब उपचारको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गरिसकेको बताउँछन्।

त्यस्तै नेपाली कांग्रेस नेता–कार्यकर्ता पनि घटना स्थलमा पुगिसकेको स्थानीय बताउँछन्। घटनास्थलको दृश्य हेर्दा अरबौको क्षति भएको अनुमान लगाइएको छ। ४० वर्ष अगाडिको झोलुङे पुल पानीले बगाउँदा दुहु र ब्यास क्षेत्र आवागमन पुरै ठप्प भएको छ। यो पुल त्यो भेगको लाइफलाइन हो।

त्यो सँगै दुइटा मोटरेबल पुल र थप अर्को झोलुङे पुलसमेत बगाएको छ। नौगाडमा २ जना हराएका र लास्कु क्षेत्रमा यकिन साथ भन्न सकिएको छैन। लास्कु क्षेत्रमा ७ वटा जिप र करिब २० वटा घर  बगाएको र अझै त्यो भन्दा बढी क्षति हुनसक्ने आशंका गरिएको छ। त्यतिमात्रै हैन खोलाले बगाएर पचासौ मिटर तल आएर ज्यान बचाउन सफल भएको आफन्त लास्कु गाउँका पदम महरा बताउँछन्।

कति जना हराएका छन् अब त्यसको अनुसन्धान भैरहेको छ। बजारको सिरानीबाट बग्ने लास्कु खोलामा आएको बाढीले जिल्ला सदरमुकामस्थित बाङाबगड क्षेत्र तिब्रगतिमा कटान भैरहेको छ। लास्कुखोला महाकालीमा मिसिएपछि देखिने दृश्यले आज भन्दा ९ वर्ष अगाडि महाकालीमा आएको बाढी सम्झिन बाध्य भएका स्थानीय बताउँछन्।  

स्थानिय युवा रातभरि सुत्न पाएका छैनन्। खाना खानु त परको कुरा पुरै गाउँ त्रसित छ। अब कहाँ जाने, के गर्ने? सबैजना अलमलमा छन। राज्यले तत्कालै चाहिने आवश्यक बन्दोबस्ती गरेर उद्दार गरोस् भन्ने जिल्लाबासीको भनाई छ। 

305543804_1128795547715288_760592631464609862_n
darchula flloddarchula flloddarchula flloddarchula flloddarchula fllod305162596_467841505223119_4619997367867272025_ndarchula fllod

प्रतिक्रिया