बेलायती महारानीका ७ दुःख

काठमाडौं। बेलायती महारानी एलिजाबेथ द्धितियको ८ सेप्टेम्बर २०२२ मा निधन भएको छ। उनी ९६ वर्षकी थिइन भने ७० वर्ष बेलायतको राज्यसत्ता सञ्चालन गर्ने उनी एक्ली रानी हुन्। यस अवधिमा उनले थुप्रै उतारचढाव देखिन। उनले आफ्नो जीवनमा ७ वटा ठूला दुःखको सामना गर्नुपर्यो। 
ती हुन्। 

१. बेलायत र उत्तरी आयरल्याण्डको महारानीको रूपमा एलिजाबेथ द्धितियले ७० वर्ष राज्य गर्ने क्रममा १५ प्रधानमन्त्री नियुक्त गरिन्। यस अवधिमा उनले बेलायतको फैलिएको सम्राज्य डुब्दै गरेको भोग्नुपर्यो। 

२. जुन १९५३ मा २५ वर्षीय एलिजाबेथ द्धितिय महारानी बनेकी थिइन। त्यही बेलादेखि बेलायतको सम्राज्य विघटन हुन सुरु भएको हो। यद्यपि बेलायत विश्वको शक्तिशाली देशको सूचीमा पथ्र्यो। उनको कार्यकालमा बाँकीका उपनिवेशी राज्यहरू विस्तारै स्वतन्त्र हुन थालेका थिए। केही वर्षअघि ब्रेक्जिटको घटनापछि बेलायतले आफ्नो महाशक्तिको ओजलाई जोगाउन सकेन। 

३. महारानीको परिवारमा थुप्रै विवाद देखियो। शाही परिवारले केही स्क्याण्डलको सामना पनि गर्नुपर्यो। १९९५ मा बुहारी डायनाले एउटा अन्तर्वार्तामा आफ्नो श्रीमान युवराज चार्ल्सको थुप्रै युवतीसँग शारीरिक सम्बन्ध भएको उजागर गरिन्। जनतामाझ लोकप्रिय डायनको कार दूर्घटनाका कारण निधन भयो। यो घटनाले शाही परिवारको छवीमा ठूलो नोक्सानी देखियो। 

४. परिवारमा अर्को विवाद उनको नाति तथा राजकुमारी डायनाको कान्छो छोरा ह्यारीलाई लिएर भयो। ह्यारीले अमेरिकी अभिनेत्री मेगन मोर्केलसँग विवाह गरे। यसपछि शाही परिवारको सदस्य पद परित्याग गरे। दुवैले शाही परिवारको विषयमा विवादास्पद कुरा गरेका थिए। 

५. गत वर्षको अप्रिलमा महारानीको श्रीमान राजकुमार फिलिपको निधन भयो। उनले आफ्नो सयौं जन्मदिन मनाउन २ महिना बाँकी थियो। ७३ वर्षको वैवाहिक जीवनमा थुप्रै उतारचढाव पनि देखियो। 

६.महारानीको दोस्रो छोरा राजकुमार एण्ड्रयुको जीवन पनि निकै विवादास्पद रह्यो। बेलायतको व्यापार दूत नियुक्त एण्ड्रयुले १० वर्षको सेवाअवधिपछि २०११ मा एउटा विवादका कारण पदत्याग गर्नुपर्यो। उनीमाथि यौन अपराधी जेफ्री एप्सटिनसँग सम्बन्ध भएको आरोप लाग्यो। २०२१ मा उनी माथि यौन उत्पीडनको आरोप लाग्यो। यसपछि उनले शाही अधिकार पनि खोसियो। 

७.एलिजाबेथ द्धितियले निजी जीवनमा कहिल्यै विवादको सामना गर्नु परेन। न उनले कहिल्यै विवादास्पद बयान दिइन। विवादीत काम पनि गरिनन्। यसैले उनको जीवन निकै अनुशासित थियो। नियमसँग बाँधिएको। एक पल्ट उनले भनेकी थिइन, ‘निश्चय नै काम र जीवन सँगसँगै चल्छ। तपाईं यसलाई छुट्टयाउन सक्नुहुन्न।’


 

प्रतिक्रिया