बेलायतका ३ वर्षे कान्छा क्रिकेटर (भिडियोसहित)

काठमाडौं। बेलायतका कोरी एडम्सको उमेर ३ वर्ष मात्र पुगेको छ। उनको उचाईं क्रिकेट स्टम्पभन्दा छोटो नै होला। तर, उनले क्रिकेटमा एकपछि अर्को गर्दै चमत्कार देखाउन थालेका छन्। उनलाई अहिले बेलायती मिडियाले ‘वन्टर किड्स’ को उपमा दिएको छ। 

उनी विश्वका सबैभन्दा कान्छा क्रिकेटर हुन्। उनी आफूभन्दा तीन गुणा ठूला खेलाडीसँग क्रिकेट खेल्छन्। उनको ब्याटिङ कुनै व्यवसायिक क्रिकेटरभन्दा कम छैन। बलिङ पनि उस्तै गर्छन। उनको खेल देखेर ठूला क्रिकेटर पनि दंग पर्छन। 

उनी यतिबेला युथ–११ क्लब क्रिकेट प्रतियोगिता खेलिरहेका छन्। कोरीले सेन्ट ब्रेवेल्सको तर्फबाट लिडने सीसीविरूद्ध ३ रन खर्चेर २ विकेट लिएका थिए। यो खेलमा उनी अविजित १२ रन बनाउन पनि सफल भए। 

corey Adams1

उनी दिनहुँ साढे ५ बजे उठेर अभ्यासमा पुगिसक्छन्। कोरी टिमको नियमित खेलाडी होइनन् तर उनी ३३ वर्षीय आफ्नो पिता टम एडम्सको क्लब सेन्ट ब्रेवल्सको अभ्यास सत्रमा समावेश हुने गरेका छन्। 

टम एडम्स ग्लोसेस्टरशायरमा बसोबास गर्छन। उनी भन्छन्, ‘कोरीलाई क्रिकेट प्रिय छ। इमान्दारीपूर्वक भन्नुपर्दा मभन्दा राम्रो उ खेल्छ। अहिले ४ वर्ष पुगेको छैन। अलराउण्डर प्रदर्शन गर्छ। उ २०१९ देखि हरेक खेल हेर्न जान्थ्यो। यही उसले बल र ब्याटलाई साथी बनायो।’

टम एडम्स १६ महिनाको उमेरदेखि नै आफ्नो छोरालाई कसरी ब्याटिङ र बलिङ गर्ने, त्यसको समक्ष भइसकेको बताउँछन्। छोराको किट्स किन्न आफूले धेरै मिहिनेत गर्नुपरेको उनको भनाई छ। ‘सानो प्याड र ग्लब्स न नपाउने। हामीले अनलाइनबाट उसको साइजको खोजी गर्यौं। हामीले सानो बलिङ मेसिन पनि किनेर ल्याइदिएका थियौं।’

corey adams2

कोरीलाई उनको घर बनाउने व्यवसायमा रहेका पिता टमले आफ्नो खेल हेर्न मैदानमा लैजाने गर्थे। यहीबाट उनको रुची बढेको हो। उनी इङ्ल्याण्डका लागि खेल्न चाहन्छन्। उनी स्थानीय क्रिकेट क्लबको अभ्यास सत्रपछि जुनियर खेलाडीसँग पनि क्रिकेट खेल्छन्। जुनियर टिममा १५ देखि १८ वर्ष उमेर समूहका खेलाडी छन्। 

श्राेत स्वान्स
 

प्रतिक्रिया