सन्दीपको विषयमा क्यान माैन

काठमाडौं। सन्दीप लामिछानेमाथिको करणी आरोपमा नेपाल क्रिकेट संघ (क्यान) ले तत्काल केही छानबिन नगर्ने बताएको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले आरोपकाे आधारमै कार्यवाही नगर्ने बताए। ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन,’ उनले भने। 

कानुनी रुपमा पुष्टि नभइएको कुरामा निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने उनले बताए। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले सेन्ट लुसियामा छन्।

प्रतिक्रिया