सन्दीपको बलात्कार आरोपमा प्रहरीले थाल्यो गहन छानवीन

काठमाडौं। किशोरी बलात्कार आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध गहन छानवीनमा नेपाल प्रहरी जुटेको छ। 

सन्दीपविरूद्ध मुद्धा दायर गरेपछि उनलाई बयानका लागि वेष्ट इन्डिजबाट तत्कालै झिकाउने सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि सम्वन्य सुरु गरेको छ। उनलाई कप्तानीबाट मात्र होइन, राष्ट्रिय टोलीबाट समेत बर्खास्त गर्ने सम्बन्धमा क्यान पदाधिकारीबीच छलफल चलेको अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। 

यसैबीच प्रहरीले पिडित किशोरी र सन्दीप करिब ७ घण्टा होटलमा सँगै बसेको बताएको छ। प्रहरीले अनुसन्धानका लागि यी दुवै बसेको होटलको सीसीटिभी फुटेजलाई नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार दुवै ५ भदौंको राती ११ः५५ मिनेटमा होटल प्रवेश गरेको र भोलिपल्ट बिहान ६ बजेर ४६ मिनेटमा होटलबाट निस्किएको बताइएको छ। फुटेजमा उनीहरू कोठा नम्बर ३०५ मा बसेको, त्यतिबेला सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको प्रहरी श्रोतले उल्लेख गर्यो। 

उनीहरूले सिनामंगलस्थित एउटा होटलमा रात बिताएका थिए। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन। 

किशोरीले सन्दीपलाई मध्यराती साढे १२ बजेबाट पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष उजुरी दिएकी थिइन। 
 
 

प्रतिक्रिया