सन्दीपका बाबुलाई आशंका, छोरालाई फसाउने खेल त भएको होइन?

काठमाडौं। बन्द प्रशिक्षणमा भएको खेलाडीले कसरी रातभरी घुमेर नाबालिक किशोरीलाई जबरजस्ती करणी गर्यो? भन्दै सन्दीप लामिछानेका बुवा चन्द्रनारायण लामिछानेले प्रश्न उठाएका छन्। 

उनले आफ्नो छोराको चालचलनको विषयमा अहिलेसम्म नराम्रो नसुनेको भन्दै बन्द प्रशिक्षणमा भएको खेलाडीले बाहिर गएर ‘रेप’ गर्यो भन्ने कुरा आफूलाई पत्यार नलागेको बताएका छन्। 

हाल चितवनमा रहेका चन्द्रनारायणले छोरालाई फसाउने षड्यन्त्र अन्तर्गत यस्तो आरोप लागेको हुनसक्ने आशंका व्यक्त गरे। ‘छोरासँग कुरा भएको छैन। तर, बन्द प्रशिक्षणमा भएको भनिएको खेलाडीले यस्तो गर्यो भन्ने विश्वास लाग्दैन,’ उनले भने। 

सन्दीप २०१३ देखि काठमाडौंमा एक्लै बसोबास गर्दै आइरहेका छन्। सन्दीप हाल वेष्ट इन्डिजमा सीपीएल खेलिरहेका छन्। 

उनीविरूद्ध जबर्दस्ती करणीको आरोप लगाएकी किशोरीले ५ भदौंको राती घटना भएको बताएकी छिन्। सन्दीप ६ भदौंमा केन्याविरूद्ध ५ वटा टि–२० शृंखला खेल्न नैरोबी उडेका थिए। उनी नैरोबीबाटै वेष्ट इन्डिज उडेका थिए। 
 

प्रतिक्रिया