अभिनेता कमाल खान पक्राउ

मुम्बई। अभिनेता तथा फिल्म विश्लेषक कमाल राशिद खान पक्राउ परेका छन्। उनलाई १४ दिन न्यायीक हिरासतमा राख्न मुम्बईस्थित बोरीवली अदालतले आदेश दिएको छ। उनी २ वर्षअघिको मुद्धामा एयरपोर्टमा पक्राउ परेका हुन्। 

उनले सन् २०२० मा निधन भएका कलाकार इरफान खान र ऋषि कपुरलाई लिएर आपत्तिजनक टिप्पणी गरेका थिए। इरफान २९ अप्रिल र ऋषिको ३० अप्रिलमा निधन भएको थियो। उनीहरूको निधनपछि कमाल राशिदले ट्वीट गरेका थिए। ऋषि रिलायन्स अस्पतालमा भर्ती हुँदा उनले छिट्टो स्वास्थ लाभ गर्न आग्रह गर्दै रक्सीको पसल छिट्टै बन्द हुने प्रतिक्रिया दिएका थिए। 
 

प्रतिक्रिया