अफगानिस्तानमा छोरीलाई विदेशमा पढ्न रोक

काठमाडौं। तालिबानका छात्राहरूले विदेशमा गएर पढ्न नपाउने भएका छन्। तालिबान शाषकले छात्राहरूलाई विदेश गएर पढ्न रोक लगाएको छ। तालिबानका युवतीहरू कजाकिस्तान र कतार गएर उच्च शिक्षा लिने गरेका थिए। तर, सरकारले पुरुषलाई मात्र उच्च शिक्षाको स्विकृति प्रदान गरेको छ। 

अफगानिस्तानमा २०२१ को अगस्टमा तालिबानले कब्जा जमाएको थियो। यसपछि शिक्षा नीतिमा लगातार परिवर्तन देखिएको छ। तालिबान शाषकले यसअघि छोरीहरूका लागि माध्यमिक विधालय र कलेजको पढाई बन्द गरिसकेको छ। 

महिलाको विरोधका कारण ६ कक्षासम्मको अध्ययनको सुविधा भने उपलब्ध गराइएको छ। हालै मात्र अफगानिस्तानको गृह मन्त्री सिराजुद्दिन हक्कानीले हाइ स्कुलसम्मको अध्ययन खुल्ला गर्ने आश्वासन दिएका थिए। तर, उनको आश्वासनको बाबजुद छोरीको शिक्षामा बन्देज लगाइएको छ। 
 

प्रतिक्रिया