भिजिट भिसामा युएई प्रवेश ८० पाकिस्तानी ‘डिपोर्ट’

काठमाडौं। भिजिटिङ भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ८० पाकिस्तानी नागरिकलाई सरकारले फिर्ता पठाएको छ।

भिजिट भिसाको दूरुपयोग गर्दै उनीहरु रोजगारीको लागि युएई प्रवेश गरेको भन्दै सरकारले फिर्ता पठाउने निर्णय गरेको स्थानीय मिडियाको रिपोर्टमा उल्लेख छ। 

तर, ती पाकिस्तानीको फिर्ती टिकट पनि नक्कली भेटिएको पत्रपत्रिकाले बताएका छन्। उनीहरुसँग युएईमा बसोबासका लागि खाना खाने पैसा पनि नभएको र अवस्था गम्भीर बनेको छ। युएई सरकारले दुई वर्षअघि पाकिस्तानी कामदारलाई रोजगारीमा रोक लगाएको थियो। 

पाकिस्तान र युएईको सम्बन्ध विगतमा सुमधुर भए पनि पछिल्लो समय राम्रो छैन। युएईसँग ऋण लिएको पाकिस्तानले त्यो ऋण चुक्ता गर्न चीनसँग पैसा माग्नु परेको थियो। 

प्रतिक्रिया