पाकिस्तानमा बाढीपहिरोले ९०० जनाको निधन, ३ करोड मानिस घरबारबिहिन

काठमाडौं। पाकिस्तानमा बाढीपहिरोका कारण ९ सय भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्। सरकारले बिग्रदो अवस्थाका कारण राष्ट्रिय आपतकालको घोषणा गरेको छ। 

पाकिस्तानी अखबार ‘डन’ को रिपोर्ट अनुसार भारी बर्षाका कारण ९ सय ३७ जनाले ज्यान गुमाइसकेका छन्। मर्नेहरूको सूचीमा ३ सय ४३ बालबालिकाको नाम भएको बताइएको छ। 

राष्ट्रिय विपत्त व्यवस्थापन विभागका अनुसार १४ जुनयता सिन्ध प्रान्तमा सबैभन्द्या बढी मानिसको ज्यान गएको छ। बाढीमा ३ सय ६ जनाले ज्यान गुमाएका छन्। कराची, पञ्जाब, बलुचिस्तान प्रान्तको अवस्था गम्भीर छ। मौसम विभागले चेतावनी दिँदै स्थानीय नागरिकलाई हाइ अलर्टमा बस्न आग्रह गरेको छ। 

बलुचिस्तानमा अहिलेसम्म २ सय ३४, खैबर पख्तुनख्वामा १ सय ८५ र पञ्जाब प्रान्तमा १ सय ६५ जनाको ज्यान गएको छ। गिलगिट–बाल्टिस्तानमा ९ जनाले ज्यान गुमाएका छन्। 

विपत्त व्यवस्थापन विभागका अनुसार अगस्ट महिनामा पाकिस्तानमा २ सय ४१ प्रतिशतले बढी बर्षा भएको थियो। यहाँ औषत १ सय ६६ दशमलव ८ मिलिमिटर बर्षा दर्ता गरिएको छ। हरेक वर्षा यहाँ औषत ४८ मिलिमिटर बर्षा हुन्छ। सिन्धमा ७ सय ८४ प्रतिशत र बलुचिस्तानमा ४ सय ९६ प्रतिशत बढी बर्षा भएको थियो। सिन्ध प्रान्तको २३ जिल्लामा उच्च सतर्कता अपनाइएको छ। 

जलवायु परिवर्तन मन्त्री शेरी रहमानका अनुसार पाकिस्तान आर्मी र स्थानीय व्यवस्थापकहरू बचाउ कार्यमा लागेका छन्। मानिसलाई सुरक्षित स्थानमा पुर्याउने काम भइरहेको छ। करिब ३ करोड मानिस घरबारबिहिन बनेका छन्। खाध्यान्नको अभाव देखिएको छ। बलुचिस्तान प्रान्तमा मात्र मानिसलाई बसोबासका लागि १ लाख टेन्टको माग भएको छ। 


 

प्रतिक्रिया