मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेशी तोक्ने सर्वोच्चको पूर्ण बैठकको निर्णय

काठमाडौँ । सर्वोच अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ । बिहीबार बसेको सर्वोच्चको पूर्ण बैठकले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमासमेत प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया