मालिकलाई भेटेपछि किन रुन्छ कुकुर?

कुकुरका मालिकहरू यो कुरामा सहमत त हुन सक्छन्, लामो समयपछि पुनः आफूलाई भेटाउँदा कुकुर निकै उत्साही हुन्छ। तर, नयाँ अनुसन्धानबाट यो तथ्य फेला परेको छ कि, कुकुर लामो समयको बिछोडपछि आफ्नो मालिकसँग भेट्दा रुने गर्छन। 

करेन्ट बायोलोजी जर्नलले सोमबार प्रकासित गरेको एउटा अनुसन्धानमा यो तथ्य उजागर भएको हो। सिमर टेस्टबाट गरिएको अनुसन्धानमा कुकुरको आँखामा आशु भेटिएको थियो। 

अनुसन्धानका क्रममा कुकुरको परेलाको तल विशेष किसिमको कपडा राखिएको थियो। अनुसन्धानमा सक्रिय वैज्ञानिकहरूले कुकुर र उसको मालिक बीचको सामान्य भेटघाटको क्रममा कुकुरको आँखाबाट निस्किएको आशुलाई आधार बनाएका थिए। जसमा पाँचदेखि सात घण्टाको अन्तरालमा कुकुरको आँखाबाट आशु झरेको थियो। 

जापानको अजाबु विश्वविधालयको अनुसन्धानात्मक लेखका प्रोफेसर टेकफुमी किकुसुईले भनेका छन्, ‘हामीले अनुसन्धान गर्नुअघि जनावरले खुसी हुँदा आशु बगाउँछन् भन्ने सुनेको पनि थिएनौं।’ 

मानव जातिमा एक अर्काप्रति विश्वास कायम गर्न तथा आमा र छोराछोरीबीचको सम्बन्ध बलियो बनाउन ओक्सिटोसिनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। सन्तान जन्मिने बेला वा बालबालिकालाई दुध ख्वाउने बेला आमाको शरीरबाट प्राकृतिक रूपले ओक्सिटोसिनको निर्माण हुने गर्छ। 

किकुसुई र उनको साथीहरूलाई कुकुरमाथि यसको अनुसन्धान गर्ने विचार त्यति बेला उत्पन्न भएको थियो, जब उनीहरूले एउटा कुकुरलाई उसको छाउराछाउरीसँग देखेका थिए। उनले भने, ‘जतिबेला कुकुरले आफ्नो छाउराछाउरीलाई दुध सेवन गराइरहेकी थिइन। त्यतिबेला उनको आँखाबाट आशु निस्किरहेको थियो। यहीबाट मेरो दिमागमा ओक्सिटोसिनले आशुको मात्रा बढाउँछ भन्ने कुरा खेल्यो।’

अनुसन्धानको क्रममा कुकुर आफ्नो मालिकप्रति भावनात्मक रूपमा धेरै नजिक हुने गरेको तथ्य उजागर भएको छ। 

एएफपी 

प्रतिक्रिया