माल्दिभ्सका पर्यावरण मन्त्रीमाथि चक्कु प्रहार

माले। माल्दिभ्सका पर्यावरण मन्त्री अली सोलिहलाई मार्ने उद्देश्यले एक कट्टरपन्थीले चक्कु प्रहार गरेका छन्। घटना सोमबार साँझ भएको थियो, जतिबेला सोलिह आफ्नो स्कुटीमा तफरीहका लागि निस्किएका थिए। उनको घाँटी र हातमा चोट लागेको स्थानीय मिडियाले जनाएको छ। 

सोलिहले दुबै हातले आफ्नो घाँटी छोपेका कारण उनको ज्यान जोगिएको बताइएको छ। आक्रमणकारी चक्कुले उनको घाँटी रेट्ने तयारीमा थिए। उनी आक्रमणकारीको नियन्त्रणबाट तुरुन्त भाग्न सफल भएको पनि बताइएको छ। आरोपीलाई गिरफ्तार गरिएको थियो। माल्दिभ्समा गत वर्ष पनि पूर्व राष्ट्रपति मोहम्मद नशीदमाथि हमला भएको थियो। उनको काम नजिकै एक जनाले बाइक पार्किङ गरेर बम जोड्न सफल भएका थिए। तर, त्यो हमलामा पनि नशीदको ज्यान जोगिएको थियो। 

राजधानी मालेदेखि उत्तरी भाग हुलमालेमा स्कुटी चलाइरहेको बेला एउटा गाडी नजिकैबाट गएपछि सोलिहले रफ्तार कम गरेका थिए। यसै बेला लामो दाह्री पालेका एक व्यक्तिले उनी नजिकै पुगेर चक्कु निकालेका थिए। 

मिडिया रिपोर्ट अनुसार आरोपीको नाम गोप्य राखिएको छ। हमलापछि उसले स्थानीय भाषामा कुरा गरेको देखिएको थियो। अदालतले उनलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। 

सोलिह माल्दिभ्सको प्रभावशाली मन्त्री मानिन्छन्। उनी पर्यावरण राज्यमन्त्री हुन्। उनीसँग क्लाइमेट चेन्ज र टेक्नोलोजी जस्तो महत्वपूर्ण पोर्टफोलियो पनि जोडिएको छ। उनी जम्हुरी पार्टीका प्रवक्ता पनि हुन्। यो सत्तासिन पार्टीसँग आवद्ध छ।  
 

प्रतिक्रिया