गरिबीका कारण पिताले नदीमा ११ महिनाको बच्चा फ्याले

काठमाडौं। भारतको राजस्थानस्थित जालोरमा खराब आर्थिक अवस्थाका कारण एउटा पिताले आफ्नो ११ महिनाको छोरालाई नर्मदा नदीमा फ्यालेर मारेका छन्। आरोपीले २ वर्षअघि लभ म्यारिज गरेका थिए। बेरोजगार भएका कारण उनीसँग घर खर्च चलाउने पैसा थिएन। उनले हजुरबुवा–हजुरआमा कहाँ बच्चालाई छोड्ने बहाना बनाउदै श्रीमतीलाई गुजरातबाट राजस्थान पुर्याएका थिए। 

घटना जालोरको सान्चौरमा भएको प्रहरीले जनाएको छ। नदीबाट २४ घण्टामा बच्चाको लास बरामद भएको थियो। प्रहरीले आरोपी पितालाई पक्राउ गरेको छ। आरोपीको पहिचान २४ वर्षका मुकेश भनेर खुलेको छ। 

छोराको हत्याभन्दा अघिल्लो रात बिहीबार मुकेशले सिद्धेश्वर गाउँमा रामदेवरा यात्रीका लागि तयार पारिएको राम रसोइमा खाना खाएका थिए। खाना खाएपछि उनले श्रीमतीलाई लभ म्यारिज भएका कारण हजुरबा–हजुरआमा रिसाएको र आफूले एक्लै बच्चालाई लगेर छोड्ने भन्दै बच्चा मागेका थिए। 

श्रीमतीको हातबाट बच्चा लिएको २ सय मिटर अगाडि पुगेपछि मुकेशले छोरालाई नहरमा फ्याकेको प्रहरीले बताएको छ। उसले फर्किएर श्रीमतीलाई घरको गेटमा बच्चालाई छोडेको र फोनबाट सबै कुरा बताइदिने आश्वासन दिएको थियो। 

मुकेशले २ वर्षअघि बिहार मुजफ्फरपुर निवासी युवतीसँग भागेर बिहे गरेको थियो। बिहेपछि उ अहमदाबादमा सुरक्षागार्डको काम गथ्र्यो। ७ महिनाअघि उसको जागिर छुटेको र पेट पाल्न भिक पनि मागेको प्रहरीले बताएको छ। खराब आर्थिक अवस्थाका कारण उसले पहिले कांकरिया (अहमदाबाद) नदीमा परिवारसहित आफू पनि आत्महत्या गर्ने योजना बनाएको थियो। तर, त्यो ठाउँमा प्रायः भिड हुने कारण उसले अर्को योजना बनाएको प्रहरीको बयानमा बताएको छ।
 

प्रतिक्रिया