फिनल्याण्ड प्रधानमन्त्री मरिनमाथि ड्रग्सको आरोप (भिडियो)

काठमाडौं। फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनको डान्स गरिरहेको भिडियो भाइरल भएपछि विपक्षी पार्टीले उनीविरूद्ध ड्रग्स लिने गरेको आरोप लगाएका छन्। 

भिडियोमा प्रधानमन्त्री मरिन आफ्नो साथी तथा सांसदसँग एउटा क्यामरामा डान्स गरिरहेको देखिएकी थिइन। भिडियोलाई लिएर सोसल मिडियामा विभिन्न टिकाटिप्पणी भएको छ। 

तर, विपक्षी पार्टीले उनीविरूद्ध ड्रग्स लिएको आरोप लगाएका छन्। मरिन सन् २०१९ को डिसेम्बरमा सोसल डेमोक्रेटिक पार्टीको तर्फबाट फिनल्याण्डको प्रधानमन्त्री नियुक्त भएकी थिइन। ३४ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने उनी विश्वको युवा नेता हुन्। प्रधानमन्त्री बन्नुअघि उनी यातायात मन्त्री थिइन। 

मरिन पहिलो पल्ट विवादमा आएकी होइनन्। गत वर्ष कोरोना महामारीको बेला पनि उनी पार्टी गर्दै गरेको अवस्थामा फोटोमा कैद भएकी थिइन। उनको फोटो त्यतिबेला पनि भाइरल भएको थियो। जसका लागि उनले माफी माग्नु परेको थियो। 

 

मरिनको जन्म १६ नोभेम्बर १९८५ मा फिनल्याण्डको राजधानी हेलिसेन्कीमा भएको हो। उनको पितालाई रक्सीको लत थियो। उनको जन्मको केही वर्षभित्र आमा–बुवाको पारपाचुके भएपछि मरिनको आमा एकजना महिला पार्टनरसँग बस्न थालेकी थिइन। उनी लामो समय आर्थिक दुरअवस्थाको शिकार पनि बनिन्। 

फिनल्याण्डको जनसंख्या ५३ लाख छ। 
 

प्रतिक्रिया