भाजपा नेता शाहनवाजविरूद्ध बलात्कार मुद्धामा छानवीन हुने

दिल्ली। दिल्ली हाइकोर्टले बिहीबार पूर्व केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) नेता शाहनवाज हुसेनविरूद्ध बलात्कारको मुद्धामा ‘एफआइआर’ दर्ता गर्न आदेश दिएको छ। शहनवाजविरूद्ध एक महिलाले सन् २०१८ मा बलात्कारको आरोप लगाएकी थिइन। 

तर, उनीविरूद्ध कुनै छानवीन अगाडि बढ्न सकेको थिएन। हाइकोर्टकी न्यायाधीस आशा मेननले यस मुद्धामा दिल्ली प्रहरीको कार्यवाहीप्रति असन्तुष्ट जाहेर गरेकी छिन्। उनले प्रहरीलाई ३ महिनामा छानवीन पुरा गरेर जिल्ला अदालतमा रिपोर्ट पेश गर्न आदेश दिएकी छिन्। 

शाहनवाजले दिल्ली हाइकोर्टको निर्णयविरूद्ध सुप्रिम कोर्टमा अपील दर्ता गरेका छन्। दिल्ली निवासी पिडित महिलाले सन् २०१८ को जनवरीमा शाहनवाजले छतरपुर फार्म हाउसमा लगेर आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन। उनले सीआरपीएसको धारा १५६ (३) अन्तर्गत दिल्ली प्रहरीलाई ‘एफआईआर’ दर्ता गराउन निर्देशन दिलाइ पाउँ भन्दै अदालतमा निवेदन दिएकी थिइन। 

महानगरीय प्रभागले १२ जुलाई २०१८ मै शाहनवाजविरूद्ध ‘एफआरआई’ दर्ता गराउन आदेश दिएको थियो। तर, शाहनवाजले पुनर्विचारको लागि निवेदन दिएका थिए। दिल्ली हाइकोर्टले शाहनवाजको पुनर्विचारको निवेदनलाई पनि खारेज गरेको छ। 
 

प्रतिक्रिया