अफगानिस्तानमा मस्जिदमा बम बिस्फोट, २० को निधन

काबुल। अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ एउटा मस्जिदमा बम बिस्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्। घटनामा ४० गम्भीर घाइते भएको टोलो टिभीले बताएको छ। बिस्फोट काबुलको खैरखाना क्षेत्रमा अबुबकिर सेदिक मस्जिदमा मकरिबको नमाज पढ्दै गर्दा भएको थियो। 

तालिबान सुरक्षा अधिकारी केही समयमै घटनास्थल पुगेको र जाँच अगाडि बढेको बताइएको छ। बिस्फोटमा मस्जिदका मौलवी आमिर मोहम्मद काबुलीको निधन भएको छ। यो घटनामा इस्लामिक स्टेटको हात हुनसक्ने अनुमान गरिएको छ। गत साता काबुलमा भएको आत्मघाती बिस्फोटमा तालिबान समर्थक मौलाना शेख रहिमुल्ला हक्कानीको निधन भएको थियो। जसको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो। 


 

प्रतिक्रिया