मलेसियाका लागि रोजगारीको अवसर पुनः खुल्यो

काठमाडौं। नेपाली श्रमिकका लागि मुख्य गन्तब्य बनेको मलेसियाका लागि रोजगारीको अवसर पुनः खुला भएको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले आप्रवासी श्रमिकका लागि अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ। 

मलेसियाली सरकारको यो निर्णयसँगै आउँदो शुक्रबारदेखि नेपाली श्रमिक फेरि रोजगारीका लागि मलेसिया जान पाउने छन्। मलेसियाको संशोधित रोजगार ऐन–१९५५ कार्यान्वयन ल्याउने भन्दै सरकारले ३१ अगस्टसम्म आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत गरेको थिएन। 

मलेसिया सरकारले पछिल्लो समय श्रमिकको आधारभूत पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजारभन्दा बढी नेपाली रुपैयाँ) बनाएको छ। 
 

प्रतिक्रिया