पूर्व अमेरिकी राष्ट्रपतिको ३ वटा पासपोर्ट जफत

काठमाडौं। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ३ वटा पासपोर्ट सरकारले जफत गरेको दावी गरेका छन्। केन्द्रीय जाँच एजेन्सी (एफबीआई) ले गत मंगलबार उनको ‘मार–ए–लागो’ घरमा छापा हान्दै १५ बक्सा डक्युमेन्ट लिएर गएको थियो। 

ट्रम्पले यसको जानकारी सोसल मिडियाबाट दिएका थिए। उनले भनेका छन्, ‘मार–ए–लागो’ मा छापा हान्ने क्रममा एफबीआईले थुप्रै सामानका साथ ३ वटा पासपोर्ट पनि चोरी गरेका छन्। 

उनले ३ वटा पासपोर्टमा एउटाको समय सकिएको बताएका छन्। ‘यो राजनीतिक प्रतिबद्धतामा भएको निम्नस्तरको व्यवहार हो,’ उनले भने,‘मलाई चुनाव लड्न नदिन यस्तो हर्कत भएको छ।’

गत साता एफबीआईको छापापछि उनले अमेरिकाको राष्ट्रपतिमाथि भएको यो पहिलो घटना भनेका थिए। जाँच एजेन्सीलाई सहयोग गर्दा पनि आफूमाथि दुब्र्यवहार भएको बताएका छन्। 

ट्रम्पले गत वर्ष ह्वाइट हाउस छोड्ने क्रममा महत्वपूर्ण दस्तावेज आफूसँग लगेको विभिन्न मिडियामा खबर प्रकासित भएको थियो। एफबीआईले अझसम्म छापाको पुष्टी गरेको छैन। केही महिनाअघि ट्रम्पमाथि आरोप लागेको थियो– उनी राष्ट्रपति हुँदा आधिकारीक दस्तावेज च्यातेर फ्लश गर्थे। नेशनल आर्काइभले पूर्व राष्ट्रपतिको यो व्यवहारको पनि जाँच गर्न भनेको छ। 
 


 
 

प्रतिक्रिया