सुकीलाई थप ६ वर्ष जेल सजाय

काठमाडौं। म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै सोमबार थप छ वर्ष जेल सजाय थपिएको छ ।    

सुकीलाई पदको दुरुपयोग गरी सार्वजनिक जग्गा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ। चारवटा मुद्दामध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको थियो। 
    
सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेपछि ७७ वर्षीया सुकीलाई देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो। यद्यपि, आङ सान सुकीले सबै आरोप अस्वीकार गरेको र उनका वकिलहरूले अपील गर्ने अपेक्षा गरिएको विदेशी न्युज च्यानल अल जजीराले बताएको छ।    

प्रतिक्रिया