‘गन कल्चर’ का कारण अमेरिकीले छोड्न थाले देश

वासिङ्टन। अमेरिका अन्य राष्ट्रका नागरिकहरूका लागि सपनाको देश हो। तर रोचक कुरा, यही देशका युवाहरू पछिल्लो समय युरोपतर्फ धमाधम पलायन हुन थालेका छन्। यसअघि अवकाशप्राप्त अमेरिकी इटाली, पोर्चुगल, स्पेन, ग्रीस र फ्रान्स जस्ता देशमा बाँकीको जीवन बिताउन जाने गर्थे। 

तर, अहिले युवाहरूको बढ्दो पलायनको ट्रेन्डले अमेरिकी प्रशासनलाई पनि सोच्न बाध्य तुल्याएको छ। ग्रीस, पोर्चुगल, इटाली जस्ता देशमा विगतको तुलनामा यसपालि पलायन हुने अमेरिकी नागरिकको संख्यामा ४५ प्रतिशतले बृद्धि भएको छ। अमेरिकाको बढ्दो आगमनले इटालीको थुप्रै कम्पनीको आम्दानीमा पनि बृद्धि देखिएको छ। 

यतिबेला देशबाट नागरिकको पलायनलाई लिएर अनुसन्धान पनि भइरहेको छ। नयाँ तथ्यांक अनुसार अन्य देशको तुलनामा डलर बलियो हुनु र अमेरिकामा उपचार महंगो हुनुलाई बताइएको छ। तर, सबैभन्दा ठूलो समस्या अमेरिकामा व्याप्त ‘गन कल्चर’ भएको रिपोर्टमा उल्लेख छ।

अन्य देशको मुद्राको तुलनामा डलर बलियो हुँदा अमेरिकी नागरिकलाई अन्य देशमा कम पैसामा विलासी जीवन बाच्ने सुविधा भएको छ। अमेरिकाबाट बाहिर पढ्दा सरकारसँग कर्जा लिनु नपर्ने र निःशुल्क उपचारको सुविधा पनि भएको हुँदा अमेरिकीहरूको पलायन बढेको हो।

कोरोनाकालमा अमेरिकामा ४ करोडभन्दा बढी मानिसले जागिर छोडेको तथ्यांकमा उल्लेख छ। अस्पतालमा उपचार महंगो हुन थालेपछि थुप्रै अमेरिकी अस्पताल जान छोडेका छन्। यतिबेला नागरिकहरूले नियमित चेक–अपसमेत गर्न छोडेको बताइन्छ। फेरि अमेरिकामा २०२० मा हत्याको तथ्यांक ३० प्रतिशतले बढेको देखिएको छ। सर्भेका अनुसार अमेरिकाको ‘गन कल्चर’ का कारण त्रसिद अविभावकहरूले आफ्नो बालबच्चालाई अध्यापनका लागि युरोप पढाउन थालेका छन्। 

प्रतिक्रिया