राष्ट्रपतिलाई एक प्राध्यापकको सचेत-पत्र

खवरदार, कुपन बाँडे जसरी दिने होइन नागरिकता

सम्माननीय राष्ट्रपतिज्यू
 जय नेपाल। 

तपाईं नेपालको संविधानको धारा ६१(२) बमोजिम संघीय ससदको दुवै सदनको बहुमतबाट निर्वाचित हुनुभएको अभिभावक हो। वर्तमान नेपालको संविधान २०७२ जनताले निर्वाचित गरेका प्रतिनिधहरुले निर्माणको गरेको संविधानको सरक्षक पनि तपाईं नै हुनुहुन्छ। संरक्षणको संवैधानिक प्रश्नको निरोपण गर्नु पर्दापनि राष्ट्र प्रमुखको नाताले संविधानको धारा ६६(१) र (२) ले राष्ट्रपतिलाई अधिकारहरु प्रदान गरिएको छ, जो जसको राष्ट्रपतिले राष्ट्रको हितका खातिरमा प्रयोग गर्न सक्नु हुने देखिन्छ। राष्ट्रपति आलङ्ककारिक त हो। त्यसअवस्थासम्म जवसम्म सरकार विधवत, विवेकशील हुन्छ। तापनि यो पदले राष्ट्रको हित संरक्षण र सवद्र्धन गर्दछ। हिजो यी सवै काम राजाले गर्ने व्यवस्था २०४७ को संविधानले गरेको थियो। तर आज क्रान्ति र गणतन्त्रका नाममा यो देशको चीरहरण गर्ने, अस्तित्व अन्तगर्ने खालको दुष्प्रयासहरु भईरहेकोले पनि यही संविधान अन्तरगत त्यस्ता कुत्सित प्रयत्नहरुलाई रोक्नु, छेक्नु र विफल बनाउनु पर्ने देखिन्छ। 

यो संविधान बमोजिम हामी भोलीपनि अदालतमा गएर मुद्धा त हालौंला तर वेला वितिसकेको हुने छ। सरकार, जो जसले जनताको जीउ धन जोगाउने ले नै, घरमा चोर पालेर राखी जनताको जीउ धन मास्न, वेच्न, वाधा नोकर वनाउने, अल्पमतमा पार्ने खालको प्रयास गरीरहेको देखिन्छ भने त्यस्तो अवस्थामा चुपलाग्नै मिल्दैन। हालपनि सर्वोच्च अदालतमा यस्ता नागरिकताको दुरुपयोग गरेका, भएका मुद्धाहरु विचारधीन रहेकाछन्। पछि मुद्धा हालेर पनि समयको अन्तरालमा पछि समस्याहरु धेरै छिप्पीएर बढीसकेको हुने छ। 

सम्माननीय राष्ट्रपतिज्यू

हामीले पहिले २०६४ मा मधेशको नागरिकलाई राष्ट्रपति र उपराष्ट्रपति मानेका थियौं। उपराष्ट्रपतिले कत्रो लफडा बनाइदिनुभो, जो इतिहासको बिषय बनेको छ। तर हिजोका दिनमा तपाईं जनकपुरमा माता सीताको पवित्र जन्म घर, जानकी मन्दीरमा दर्शन गर्न गइरहँदा तिनै खराव तत्वहरुले अपवित्र भयो भन्दै लोटाएको हामीले सम्झना गररहेको छौं। विर्सेका छैनौं, इतिहास कोट्याउनु हुँदैन तर सम्झना भने गर्नु पर्दछ। किनभने उनीहरुले त्यति छिटो गणतन्त्रमा नेपाली महिला राष्ट्रपति होलान् भन्ने सोचेको पनि र कल्पना गरेका थिएनन्। राज्य सन्चालन गर्न र राजकीय सस्कारपनि जानेको, सिकेको र पाएको हुनु पर्दछ।
 
उनीहरुले त्यसरी स्वीकार गर्न सकेनन्। वरु सिमानामा वसेर भारतको मासु भात खाएर, ढुँगा प्रहार गरे गर्न लगाएर राजनिति त गरे। मासु भात आज खायो, भोली सकिन्छ र भोक लाग्दछ। तर माक्र्सवाद आज खायो सधैं ज्ञानको भण्डार रहिरहन्छ, समाजबाद सत्य छ। राष्ट्रियता अजर अमर छ। यी कहिले पनि फेल हुँदैनन्। मासु भात खाएर, फेल हुन्छ। माक्र्सवाद पढेर त्यस्तो फेल हुँदैनन्। हामीले पनि यही पढेका छौं।
 
मान्छे पात्र र प्रवृत्ति पनि चिनेको पनि छौं। यो नागरिकता विधेयक रोक्नुहोस्। यो विधेयकले नेपाल र नेपालीहरुलाई उपनिवेश बनाउने छ। यसले विगतको नेपालको गौरवमय इतिहास समाप्त गर्ने छ। यसले वर्तमानको हाम्रो साझापना पनि समाप्त गर्दछ। वरु हामी सवैले आजैबाट तराई मधेश तथा पहाडका जात जातिहरुका बीच छोरा छोरीको विबाह, सस्कार तथा मिश्रित रक्तको अभियानलाई हामी छिटो प्रोत्साहन गर्नु साझापन हुन्छ। तर यसरी विना आधार, तर्क, प्रमाण, मान्यता नभइकन नागरिकता वाँड्न दिन हुँदैन।

किन निर्वाचनको मुखमा नै आएर यस्तो चलखेल गरिन्छरु किन निर्वाचनका वेलामा आएर नेपालको न्यायापालिकामा चलखेल हुन्छरु किन असल नेता र असल राजाको विनास गरिन्छरु अनि तिनैका पहिलो हकदार नेपालको शासन सत्तामा पुगेर पनि मौन चुपचाप बस्नु पर्ने हुन्छरु यसको सही कारण छ। नेपालमा आमाको दुध खाएको बीर सपुत सन्ततिहरु घटदै, बिनाश हुँदै पलायन हुँदै, भ्रष्ट हुँदै गएकोले बिनाशकाले विपरित वुद्धितिर गएको देखिन्छ। 

यसमा 'मरता क्या नही करता' हामीहरुले वँचेका, रहेकोले होसीयार सावधान हुन अति जरुरी छ।
 
विगतको तिलाठी र लिपुलेक सिमा अतिक्रमणको बारेमा सवैले जान्नु भएकै छ। लिपु पाशको बाटो प्रयोग गर्ने व्यापार कि सन्धी भारत र चीनले गर्दा के नेपाललाई सोधनी गरेको थिए? सवैलाई थाहा छ? यसले हाम्रो, तराई मधेशमा रहनु भएका आम जातजातिहरु र दाजुभाईहरु तिनका शाखा सन्तानहरुलाई अल्पमतमा पार्ने काम गरीरहेको देखिन्छ। अहिले दक्षिणका तमिलहरु, राजस्थानीहरु, भारत र वर्माका रोहिंग्याहरु सवै शरणार्थीहरु, तिव्वत र चीन तथा भारतीय जनताहरुलाई नेपालमा नागरिकता कुपन बाँडेको जस्तो गरी हावादारी होहल्लाको भरमा दिने वाँड्ने होइन।
 
त्यसका लागि भारतमा हाम्रा छोरीहरु, चेलीवेटीहरुले विवाह भएपछि सात वर्षसम्म पर्खनु पर्ने, जवकि उताबाट विवाह भएर आएकै भोलीपल्ट नागरिकताले स्वागत गर्ने कुरा परिवारकालागि राम्रो भएपनि हाम्रो नेपाल राष्ट्रको लागि, इतिहास, राजनीति र भविष्यकालागि दीगो हुँदैन। परिवारले गरेका कामलाई राष्ट्रले अनुमोदन गर्न धेरै लामो विधि, कार्यविधि र प्रक्रिया पुरा गर्ने नेपालका आम जाति जनजातिहरुको प्रथागत चलन नै देखिन्छ।
 
राष्ट्रकोलागि व्यक्तिले त्यहाँको माटोमा टेकेर, पदार्पण गरेर केही दान, परिश्रम दान, योगदान र वलिदान गरेपछि मात्र त्यहाँको नागरिक हुने यसको प्रणाली र मान्यता विश्वभर देखिन्छ। नागरिक हुन नगरमा जन्मनु पर्दछ, कि त त्यो व्यक्तिको बावु आमा त्यो देशको नागरिक हुनु पर्दछ। त्यो व्यक्तिले वसोवास गरेको र भाषा समेत जानेको हुनु पर्दछ। यो त हाम्रो पहिलेको नागरिकता सम्वन्धी ऐन २०२०  र नियमावली २०३४ मा पनि थियो।  तर आज यसरी सवैलाई ढोका खोलिदिने, भोली देशमा विदेशी हस्तक्षेप भयो भन्न हामीले मिल्दछ? भारतीय जनता र सरकार, त्यहाँको प्रहरीले भने हाम्रो नेपाली युवाले महाकाली पार गर्न तुइन चढेर पारी जान लाग्दा पनि मानवता विर्सिदिएर डोरी काटि दिएर अपाराध गर्ने, हामी चाहिं महाकालीमा वग्नु, ज्यान दिनुपर्ने? 

सम्माननयि राष्ट्रपतिज्यूले यसलाई रोकेर वा पुनर्विचारका लागि फिर्ता पठाउनु भएमा हामी जनमत संग्रहमा जान सक्ने छौं। यो आम राष्ट्रघाति छ। यसमा  माननीय भिम बहादुर रावलजीको सोच, विचार तर्क, प्रमाण विश्लेषण तथा विचार अति व्यवहारिक, सामयिक र दीगो छ। उहाँलाई वारम्वार धन्यवाद सहित साथ दिन चाहन्छु।

जय नेपाल। (प्राध्यापक डाक्टर नृसिंह खत्री कानून व्यवसायी पनि हुन्)

प्रतिक्रिया