सम्पादकीय

गृहमन्त्रीको राजीनामाको सन्देश

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको छोटो समयमै २६ दिनभित्रै दुई प्रभावशाली मन्त्रीहरू बाहिरिनुले सरकारको स्थिरता र नैतिक धरातलमाथि केही गम्भीर प्रश्नहरू खडा गर्दछ। यसका सकारात्मक र नकारात्मक दुवै पाटाहरू छन्। 

गृह मन्त्री पदबाट आजै राजीनामा दिएका सुधन गुरुङमाथि नैतिकताको प्रश्नको वर्षा भैरहेको थियो। नयाँ सरकार बने लगत्तै गृहमन्त्रीको जिम्मेवारी पाएका गुरुङ सय मिटरको दौडमा थिए। उनले ठूला गर्धनमा हात हालेका थिए। जसले देश र देशबाहिर समेत नयाँ  तरंग उत्पन्न गरेको थियो। नयाँ सरकार राजकाजमा पनि सुनामी ल्याउने योजनामा छ भन्ने सन्देश गुरुङको दौडले प्रवाह गरकै हो।

विगतका मन्त्रीहरु भन्दा भिन्न कार्यशैलीका कारण उनलाई स्यावासी दिनेहरुको संख्या समेत बढ्दै गएको थियो। तर पछिल्ला दिनमा उनको सम्पत्ति र व्यापार साझेदारीको बिषयले गुरुङलाई आलोचनाको केन्द्रमा उभ्याएको थियो। उनीमाथि नैतिक प्रश्नहरु पनि तेर्स्याईएका छन्। अन्तत उनी पदबाट राजीनामा गर्न वाध्य भएर पछि हटेका छन्।

पहिलो कुरा हो सरकारमाथि पर्ने जटिलता र दबाब। जसमा अस्थिरताको सन्देश हो। छोटो अवधिमा मन्त्रीहरू फेरबदल हुनुले सरकार स्थीर  हुन नसकेको सन्देश जान्छ। यसले वैदेशिक लगानीकर्ता र कर्मचारीतन्त्रमा अन्योल सिर्जना गर्न सक्छ। साथै जनताका मनमा आशंका बिजारोपण हुन पनि सक्छ।

यस्ता घटनाले विपक्षीलाई मसला उपलव्ध हुन्छ। गृहमन्त्री जस्तो संवेदनशील पदमा रहेका व्यक्ति आर्थिक विवादमा मुछिएर राजीनामा दिनु विपक्षी दलहरूका लागि सरकारमाथि प्रहार गर्ने बलियो हतियार बन्छ। उनीहरुले यस बिषयलाई राजनीतिक मसला बनाउन सक्नेछन्। साथै शक्ति सन्तुलनमा चुनौती बढ्न सक्नेछ। रास्वपा जस्ता साझेदार दलहरूसँगको समन्वय र मन्त्रालय बाँडफाँटमा पुनस् किचलो सुरु हुन सक्छ, जसले प्रधानमन्त्रीको दैनिक कार्यसम्पादनमा अवरोध पुर्‍याउन सक्छ।

सुशासनको परीक्षा

यो घटनालाई सरकारको कमजोरीभन्दा पनि कडा कदमको रूपमा व्याख्या गर्ने ठाउँ पनि छ।

शून्य सहनशीलता हो यो भनेर सरकार प्रमुखले राजनीतिक लोकप्रियताको लाभ उठाउन सक्नेछन्। यदि प्रधानमन्त्रीले विवादित मन्त्रीहरूलाई तत्काल राजीनामा दिन लगाएका हुन् भने, यसले गल्ती गर्नेलाई छुट छैन भन्ने बलियो सन्देश दिन्छ। यसले जनतामा सरकारप्रतिको भरोसा बढाउन सक्छ।

नैतिक मानकमा हेर्दा १३ दिन र २६ दिनमै मन्त्री हटाउनुले यो सरकारले पदभन्दा पनि पद्धति र पारदर्शितालाई प्राथमिकता दिएको देखिन्छ। जुन निकै सकारात्मक पक्ष हो।

अबको बाटो: सामान्य कि जटिल

सरकार सञ्चालन अब कसरी अगाडि बढ्छ भन्ने कुरा दुई कुरामा निर्भर गर्छ। रिक्त स्थानमा नयाँ नियुक्ति कसरी होला भन्ने प्रश्न छ। गृह मन्त्रालयको तातो कुर्सिमा कस्तो व्यक्ति आउँछन्रु यदि स्वच्छ छवि र कुशल कार्यक्षमता भएको व्यक्ति तत्काल नियुक्त गरियो भने अवस्था सामान्य बन्दै जान्छ।

छानबिनको प्रक्रिया: राजीनामा दिएका मन्त्रीहरूमाथि लागेको आरोपमा सरकारले निष्पक्ष छानबिन गर्छ कि गर्दैनरु यदि राजीनामा मात्रै गराएर दोषीलाई उन्मुक्ति दिइयो भने दबाब बढ्नेछ।

गृहमन्त्रीको राजीनामाले तत्कालका लागि सरकारमाथि नैतिक र राजनीतिक दबाब सिर्जना गरे पनि, यसले सरकारलाई आफ्ना कमी-कमजोरी सुधार्ने अवसर पनि दिएको छ। यदि बालेन शाहले अब आउने मन्त्रीहरूको छनोटमा कडाई गरे र सुशासनलाई प्राथमिकता दिए भने यो अप्ठेरो अवस्थालाई सुधारको प्रस्थानविन्दु बनाउन सकिन्छ। 
-तस्बिर साभार सामाजीक सञ्जाल

 

प्रतिक्रिया