-कृष्ण कॅंडेल
नेपाल सरकारको चरणबद्ध सक्रिय पहलमा नेपालले राखेको एकल प्रस्तावलाई संयुक्तराष्ट्र संघले गत मार्च १० मा पारित गरे अनुरूप अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने उद्घोष भएसँगै वैशाख २ गते नेपाल सरकारले काठमाण्डौको टुँडीखेलमा सभामुखलाई साक्षी राखेर अन्तरराष्ट्रिय आरोग्य दिवस मनायो। त्यसो त आरोग्य दिवसको यो अवधारणा आध्यात्मिक संस्था जीवन विज्ञानका गुरूहरू भानु शर्मा र रमेश नेपालले अघि सारेका हुन्।
मान्छे पूर्ण स्वस्थ हुन शरीर, मन, भावना, सामाजीक रूपले स्वस्थ, आध्यात्मिक र पर्यावरणिय दृष्टिकोणले पनि स्वस्थ हुन जरूरी छ। भौतिक सुख पर्याप्त छ तर तनावले जीवन वेचैन छ भने त्यो सुख दुस्खमा परिणत हुन्छ। शारीरिक र मानसिक रूपमा स्मेत स्वस्थ हुनसकेको खण्डमा मात्र सम्वृध्दिको यात्रामा मानिसका पाईला अघी बढ्न सक्दछन्। माथि उल्लेखित तत्वको पूर्ण समिश्रणले मात्र मान्छे आरोग्यको यात्रामा निरोगी भएर आफु, आफ्नो परिवार, समाज, राष्ट्र र विश्वलाई एउटा सुखद उपहार हस्तान्तरण गर्न सक्दछ।
हाम्रो देश नेपाल अपार प्राकृति सम्पदाले भरिपूर्ण छ। आफ्नै नाभीमा भएको कस्तुरी नचिनेर हामी भट्किएका छौं। २१ औं शताव्दीको द्वन्दात्मक भौतिकवादी युगमा मान्छे सुख खोज्न संसार चहार्दै छ। उसको सुखको खोजीको कारक अव नेपाल र नेपाली हुनसक्ने अवस्था अग्रभागमा देखा परेको छ।
हिमाल, पहाड र तराईका विविध संस्कृति एवम् पहाडमा पाईने जडीबुटीलाई हामीले यथोचित रूपले “क्यास “ गर्न नस्कदा हामी धनी देशका गरीब नागरिक हुन वाध्य भएका छौं। दशकौं देखि किन यस्तो भै रहेको छरु हामी कहाँ चुक्यौरु “भिल्लका देशमा मिल्कीन्छन कौडीका मोलमा मणी“ भनेझैं भएको छ देश। तर अव केही आशाहरू पलाएका छन्। वितेका १०र१२ बर्षमा योग, ध्यान, र अर्ग्यानिक उत्तपादनका बारेमा जनचेतना ह्वात्तै बढेको छ। मानिसहरू आफ्नो स्वास्थ्यको बारेमा सचेत हुन थालेका छन्। प्रातकालिन भ्रमण, योगाभ्यास, करेसावारीमा समेत विषादी रहित तरकारी लगाउने, के खाने के नखाने बृहद समीक्षा हुन थालेको छ।
अस्पातालका डाक्टरहरूले पनि आयुर्वेदिक थेरापीलाई महत्व दिन थालेका छन्। आधुनिक विज्ञानका साथ योगीक विज्ञानलाई पनि जोडेर विरामीको मनोदशा विश्लेषण गर्न थालेका छन्। यो सकारात्मक संदेशका रूपमा ग्रहण गर्न सकिन्छ। योग र ध्यानलाई कुनै धर्म वा संप्रदायसँग मात्र जोडेर हेर्ने दृष्टि फेरिएको छ। पूर्विय दर्शन, योग, ध्यान र आयुर्वेद अव विश्वसमुदायमा दिनानुदिन आकर्षणको केन्द्र बन्दै गएको छ।
युवाहरुको नव गठित सरकारले आरोग्य पर्यटनको विषयलाई आफ्नो कार्ययोजना भित्र पारेर त्यसलाई व्यवहारमा उतार्न कटीबद्ध भएर लाग्ने प्रण सार्वजनिक गरेको छ। सरकारले अव पाठ्यक्रममा नैतिक शिक्षा, योग विज्ञान, योग ध्यान, अर्यानिक खाना र पर्यावरणलाई एक सूत्रमा जोडेर हाम्रा प्राकृतिक एवम् आयुर्वेदिक श्रोतहरूलाई विश्व बजारमा ब्रान्डींग गर्न सकेको खण्मा हाम्रो अर्थतन्त्रको पारो माथि चढ्ने कुरामा शंकै रहँदैन। त्यसका लागि सरकारी र निजीक्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्ने बान्छनिय देखिीन्छ।
नेपाल योगी, ध्यानि, शान्तिको चाहना राख्दै बुद्ध दर्शनलाई पछ्याउने, बहुधार्मिक बहुसांस्कृतिक देश हो भन्ने उच्चविचारलाई विश्वमा फैलाउन सके आरोग्य पर्यटनको मार्ग प्रशस्त हुन सक्दछ। वर्तमानका सरकारका पर्यटन मन्त्रीले अन्तरराष्ट्रिय आरोग्य दिवसका दिन जुन सुझबुझका साथ लिखित वाचा गरेका थिए त्यो व्यवहारमा परिणत हुन सक्यो भने आरोग्य पर्यटनको लक्ष्यमा पुग्न लामो समय लाग्दैन।
हाम्रा मठ मन्दिर, डाँडाकाँडा, हिमाल अझ त्यसमा योग ध्यानका रिसर्च सेन्टरहरू खुल्दै गए भने पर्यटकहरूको ओईरो लाग्ने दिन अब धेरै टाढा छैन। त्यसका लागि जनस्तरबाट हुने हाम्रो आतिथ्यमा विनयशिलता अझै बढ्नु पर्यो। निजी क्षेत्र पनि पर्यटकहरूलाई भरपुर खुशी पार्नमा तल्लिन हुन पर्यो।
पर्यटन आफैंमा सेवामुखी पेशा भएको हुँदा हाम्रा पाहुनाको सेवामा कहींकतै चुक हुन्छ कि भनेर होसियार हुन पर्यो। एयरपोर्ट देखि नै पर्यटकले म मेरो दोस्रो घरमा आएको छु म यहाँ कहीं कतै ठगिन्न भन्ने विश्वासको वातावरण सृजना हुनपर्यो। हरेक पर्यटकले यहाँ मैले शान्तिपूर्वक तवरमा विदा मनाउन वा खोज कार्य गर्न सक्छु भन्ने कुरामा हामीले विश्वास दिलाउन सक्नुपर्यो।
पर्यटकहरूलाई सरकारले समय समयमा सहुलियत दरका भिसा प्याकेज पनि बनाउनु पर्यो। सरकारले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय हब बनाउने बाचालाई व्यवहारमा रूपान्तरण गर्न सके हाम्रो अर्थतन्त्रमा सोचे भन्दा चाँडै नै परिवर्तनआउने छ। हामी त्यही दिनको प्रतिक्षामा छौं। -प्रशिक्षक जीवन विज्ञान
प्रतिक्रिया