प्रचण्ड गर्मीबाट जोगिन डाक्टरका तीन मन्त्र

यस वर्ष नौतपा २५ मे २०२६ देखि २ जुन २०२६ सम्म रहनेछ। ज्योतिष र मौसम विज्ञान दुवैका अनुसार यो समयमा गर्मी आफ्नो चरम सीमामा हुन्छ। बढ्दो तापक्रमले शरीरमा तनाव बढाउनुका साथै विभिन्न स्वास्थ्य समस्याहरूको जोखिम निम्त्याउँछ।

आकाश हेल्थकेयरका सिनियर कन्सल्टेन्ट डा. राकेश पण्डितले नौतपाको समयमा स्वस्थ रहन डिएचएमा ध्यान दिन सल्लाह दिएका छन्।
 
के हो डिएचए

डिएचएको अर्थ हो: आहार, जलयोजन, र एसीको सही प्रयोग। यी तीन कुरामा ध्यान दिएर तपाईँ हीटस्ट्रोक, डिहाइड्रेशन र गर्मीबाट हुने अन्य समस्याबाट बच्न सक्नुहुन्छ।

 
नौतपामा के खाने?

डाक्टरका अनुसार डाइटमा हल्का, शरीरलाई शीतल बनाउने र पानीको मात्रा बढी भएका खानेकुरा समावेश गर्नुपर्छ:

फलफूल: तरबुजा, खरबुजा, काँक्रो र सुन्तला जस्ता मौसमी फलहरू खानुहोस्। यसले इलेक्ट्रोलाइट सन्तुलन कायम राख्छ।

पेय पदार्थ: नरिवल पानी, कागती पानी र मोही  उत्कृष्ट हाइड्रेटर्स हुन्।

हल्का खाना: दाल, चामल, खिचडी र दही खानुहोस्। दहीले पाचन प्रणालीलाई राम्रो बनाउँछ र शरीरलाई शीतलता दिन्छ।

जडीबुटी: पुदिना, धनिया र सुप (सौंफ) लाई आहारमा समावेश गर्दा पाचन र शरीरको तापक्रम नियन्त्रणमा मद्दत पुग्छ।

के नखाने?

तारेको, मसलेदार, चिल्लो खानेकुरा र रेड मिट (रातो मासु) खानु हुँदैन, किनकि यसले शरीरको तापक्रम बढाउँछ।

धेरै नुन भएका प्याकेज्ड वा प्रोसेस्ड खानेकुरा कम गर्नुहोस्।

क्याफिन (कफीरचिया) र अल्कोहलको सेवन घटाउनुहोस्, जसले शरीरबाट पानी सोस्ने काम गर्छ।

कार्बोनेटेड ड्रिंक्स (कोल्ड ड्रिंक्स) ले केही बेर राहत दिए पनि यसले प्राकृतिक पानीको आवश्यकता पुरा गर्दैन।

पानी

गर्मीमा तिर्खा नलागे पनि नियमित अन्तरालमा पानी पिउनुहोस्। पानीमा एक चिम्टी नुन र चिनी मिसाएर पिउँदा शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन कायम रहन्छ, विशेष गरी बाहिर काम गर्नेहरूका लागि यो अनिवार्य छ।

एयर कन्डिसनरको सही प्रयोग

एसीको गलत प्रयोगले स्वास्थ्यमा हानि पुऱ्याउन सक्छ। डा. पण्डितका सुझावहरू:

उपयुक्त तापक्रम: एसीलाई २४ डिग्री देखि २६ डिग्रीको बीचमा राख्नुहोस्। यसले शरीरलाई 'टेंपरेचर शक' बाट बचाउँछ।

अति कम तापक्रमको बेफाइदा: १८ वा २० डिग्रीमा एसी चलाउँदा सुरुमा आनन्द लागे पनि यसले शरीरको अनुकूलन शक्ति घटाउँछ। गर्मीबाट सिधै चिसो कोठामा जाँदा रुघाखोकी, घाँटी दुखाइ, टाउको दुखाइ र मांसपेशी कडा हुने समस्या हुन सक्छ।

अन्य जोखिम: धेरै बेर कम तापक्रममा बस्दा छाला, आँखा र श्वासप्रश्वास नलीमा सुख्खापन बढ्छ। यसले एलर्जी र साइनसाइटिसलाई झन् बिगार्न सक्छ।
 
नौतपाका लागि विशेष स्वास्थ्य सुझावहरू

कोठाको तापक्रम मध्यम राख्नुहोस् र अचानक धेरै तातोबाट धेरै चिसोमा नजानुहोस्।

दिनभर पर्याप्त पानी पिउनुहोस्।

हल्का रंगका र खुकुलो सुती कपडाहरू लगाउनुहोस्।

कडा घाम लागेको बेला बाहिर निस्कनबाट बच्नुहोस्।

बाहिर काम गर्नुपर्ने भएमा बीच-बीचमा ब्रेक लिनुहोस्।

झ्यालमा पर्दा लगाएर बाहिरको तातो हावा घरभित्र छिर्न नदिनुहोस्।

डाक्टरका अनुसार, सन्तुलित आहार र एसीको सही प्रयोग जस्ता प्रो-एक्टिभ तरिकाहरू अपनाएर नौतपाको जोखिमबाट बच्न सकिन्छ। (स्वास्थ्य एजेन्सी)

प्रतिक्रिया