पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

काठमाडौं। अमेरिकाको संघीय जाँच एजेन्सी (एफबीआई) ले मंगलबार बिहान अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट ‘मार–ए–लिगो’ लाई घेरा हालेर छानवीन सुरु गरेको छ।

ट्रम्पले यस कुराको पुष्टी गरेका छन्। अमेरिकाको केही मिडियाले बिहानैदेखि एफबीआईका एजेन्ट्सहरूले ट्रम्पको घरमा घेरा हालेको र उनको घरभित्र छानवीन जारी रहेको समाचार प्रकासित गरेका थिए। 

ट्रम्पले सन् २०२४ को चुनाव आफूलाई लड्न नदिन राज्यद्धारा विभिन्न हतकण्डा अपनाइरहेको दावी गरेका छन्। ट्रम्पले भने, ‘फ्लोरिडास्थित पामबीचमा भएको मेरो घर मार–ए–लिगोलाई एफबीआईले कब्जामा लिएका छन्। यहाँ छानवीन भइरहेको छ।’ 

मिडियाले यस विषयमा एफबीआई प्रवक्तासँग कुराकानी गर्दा उनले केही बताउन चाहेनन्। 

ट्रम्पले अमेरिकी राष्ट्रपतिसँग यस्तो व्यवहार कहिल्यै नभएको बताए। उनले न्याय व्यवस्थालाई हतियारको रूपमा गलत प्रयोग भएको बताए। ‘कट्टर लेफ्ट डेमोक्रेट्सले गरेको हमला हो। उनीहरू म पुनः २०२४ को चुनावमा नउठू भन्ने छ,’ ट्रम्पले भने। 

ट्रम्पसँग निकट रहेका व्यक्तिहरूले न्युयोर्क टाइम्सलाई दिएको छोटो प्रतिक्रियामा नोटिस बिना नै घरमा छापा हानिएको बताएका छन्। जतिबेला घरमा छापा हानिएको थियो, त्यतिबेला ट्रम्प घरमा थिएनन्। उनी हाल न्युजर्सीमा छन्। उनी एउटा मुद्धाको लागि न्युजर्सी पुगेका थिए। केही दिनअघि ६ जनवरीममा संसद भवनभित्र भएको हिंसामा उनको हात भएको भन्दै मुद्धा परेको थियो। 

अमेरिकी समाचार एजेन्सीहरूले जतिबेला ट्रम्प ह्वाइट हाउसबाट बाहिरिदै थिए, त्यतिबेला उनले केही दस्तावेज आफूसँगै लगेको बताएको छ। अहिलेसम्म एफबीआईले कुनै कुराको पुष्टी गरेको छैन। अपुष्ट समाचार अनुसार ठूलो कुटको बाकसमा यी दस्तावेज ‘मार–ए–लिगो’ रिसोर्ट पुर्याइएको थियो। यही कारण अमेरिकी अनुसन्धान विभागले ट्रम्प र उनी निकट व्यक्तिमाथि नजर राखेको थियो। 

ट्रम्पले यसअघि स्पष्ट पारिसकेका छन्, उनी पुनः चुनाव लड्न चाहन्छन्। रिपब्लिक पार्टीमा उनलाई चुनौति दिने अन्य नेता छैनन्। त्यसैले उनले पुनः चुनाव लड्ने सम्भावना बलियो मानिन्छ। 


 

प्रतिक्रिया