प्रेमीको लास सुटकेशमा राख्ने प्रेमिका पक्राउ

दिल्ली। भारतको गाजियाबादमा एउटा प्रेमिकाले आफ्नो प्रेमीलाई मारेर लास सुटकेशमा राखेको अवस्थामा पक्राउ गरेकी छिन्। 

घटना शनिबार भएको र युवतीले हत्या स्विकार गरिसकेको प्रहरीले बताएको छ। युवकले विवाह गर्न नमानेपछि उनको हत्या गरेको उनको भनाई छ। 

प्रिती नाम गरेकी युवती र फिरोज नाम गरेका युवा ४ वर्षदेखि लिभ–इन रिलेसनमा थिए। दुवैबीच विवाहको विषयलाई लिएर झगडा भइरहन्थ्यो। शनिबार दिउँसो पनि झगडा भएको र यति नै बेला आफूले घाँटी काटेको उनले स्विकार गरिन्।

उनले हत्यापछि २४ घण्टा लासलाई फ्लाटमा लुकाएर राखेकी थिइन। उनी लासलाई सुटकेशमा राखेर तह लगाउन गजियाबाद रेल स्टेशनतर्फ लैजाने क्रममा पक्राउ परेकी थिइन। प्रिती आइतबार राती करिब ३ बजेर ३० मिनेटमा आफ्नो फ्लाटको तल अटो रुघेर बसेको अवस्थामा अचानक प्रहरी पुगेको थियो।  

प्रहरीलाई देखेर प्रिती डराएपछि आशंका लागेको थियो। यति नै बेला प्रहरीको फन्दामा उनी पुगेकी थिइन। उनको प्रेमी हेयर ड्रेसर भएको पत्ता लागेको छ।

प्रिती विवाहित भएको र उनको दीपक यादवसँग बिहे भएको थियो। तर, विवादका बीच उनले श्रीमानलाई छोडेकी थिइन। उनले लासलाई ठेगान लगाउन ठूलो सुटकेश खरिद गरेकी थिइन। 
 
 

प्रतिक्रिया