के राष्ट्रपति सीले आफ्नो प्रभाव देखाउन ताइवानमाथि आक्रमण गर्न सक्छन्?

अमेरिकी प्रतिनिधि सभा सभामुख न्यान्सी पेलोसीको ताइवान यात्राको विषयलाई गम्भीरताका साथ लिएको चीनले के ताइवानमाथि हमला गर्नेछ? यो प्रश्नको गम्भीरतालाई लिएर ताइवान नौसेनाका पूर्व एडमिरल ली सी मिन र थिङ्क ट्याक–प्रोजेक्ट २०४९ इन्स्टिच्युटका निर्देशक एरिक ली विश्लेषणमा जुटेका छन्। 

युक्रेनमाथि रुसको हमलासँगै ताइवानको विषयमा गम्भीर स्थितिको निर्माण भइसकेको थियो। राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले ताइवानमा हमला गर्न आफ्नो सेनालाई तयारी अवस्थामा राखिसकेको छ। 

यसै वर्षको नोभेम्बरमा बेइजिङमा सीसीपीको बैठक बस्दै छ। बैठक सम्पन्न भएपछि ताइवानविरूद्ध चीनको आक्रामकतामा थप तिब्रता आउने आङ्कलन गरिएको छ। राष्ट्रपति सी आफ्नो नेतृत्वमा समृद्ध विरासत छोड्न चाहन्छन्। उनले विशाल लक्ष्य तय गरेका छन्। तर पनि उनले माओ र तेङ स्याओ पिङ जस्ता ठूला नेताहरूकोे उपलब्धी र हैसियतको बराबरी गर्न सकेका छैनन्। सी ताइवान कब्जा गरेर यो उपलब्धी हात पार्ने प्रयासमा रहने छन्। यो उपलब्धी अहिलेसम्म कुनै चिनियाँ नेताले प्राप्त गरेका छैनन्। 

सीले आफ्नो सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए) मा अनुकरणीय सुधार गरेका छन्। यसलाई राजनीतिक सेनाबाट व्यवसायिक बनाउन उनको ठूलो योगदान छ। 

उनले चिनियाँ डिफेन्स उद्योगलाई यस्तो हतियार निर्माण गर्न निर्देशन पनि दिएका छन्, जसले गर्दा ताइवानलाई सहयोग गर्न अमेरिकी सेना हच्कियोस्। अहिले चीन ब्यालेस्टिक र क्रुज मिसाइल, एयर डिफेन्स सिस्टम, एन्टी सेटेलाइट हतियार निर्माणमा सक्रिय छ। चिनियाँ सेनाले ताइवानमाथि हमलाको लागि आफूहरू पूर्ण रूपमा तयार भएको जानकारी दिएको खण्डमा राष्ट्रपति सी निर्णय लिन चुक्ने छैनन्। यसले नयाँ परिस्थितिको जन्म हुनेछ। 

प्रतिक्रिया