थाइल्याण्डमा पबमा आगो लाग्दा १३ जनाको निधन

काठमाडौं। थाइल्याण्डको एउटा पबमा आगो लाग्दा १३ जनाको निधन भएको छ। जसमा ४ महिला परेका छन्। प्रहरी प्रमुख अत्तसित किचाहनले आगो लाग्ने कारण हालसम्म पत्ता नलागेको बताए। मृत्यु हुने संख्या बढ्न सक्ने बताइएको छ। घटनामा ३० जना गम्भीर घाइते भएका छन्। 

शुक्रबार राजधानी बैंककदेखि दक्षिणपूर्वमा पर्ने चोनबुरी प्रान्तको नाइटक्लबमा आगो लागेको हो। आगो साताहिप जिल्लामा रहेको माउन्टेन बी नाइटक्लबमा राती १ बजे लागेको थियो। 
 

प्रतिक्रिया